सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एकाबिहानै ६ रेक्टरको भुकम्प गएपछी भागाभाग

बुधबार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा यसको धक्का महसुस गरिएको थियो । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । यसअघि भदौ २६ गते नेपाल–भारत सीमानजिक केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको बताएका छन् । आफ्नो संयन्त्रमार्फत जिल्लाका हरेक वडासँग सम्पर्क भइसकेको बताउँदै हालसम्म केन्द्रविन्दु रहेको जिल्लामा कुनै अप्रिय घटना नभएको अधिकारीले जनाएका छन् ।

Earthquak in sindhupalchok

सिन्धुपाल्चोक त्यही जिल्ला हो जहाँ गत २०७२ सालको भूकम्पमा पनि सबैभन्दा बढी मानवीय क्षति भएको थियो । एकपछि अर्को प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकबासीमा बुधबारको भूकम्पले थप त्रास बढेको छ । यद्यपी भूकम्प शक्तिशाली भएपनि अहिलेसम्म मानवीय र भौतिक क्षतिको विवरण आएको छैन ।

वि.स. २०७२ सालको भुकम्पका कारण जमिन थिलथिलो कारण पहिरोले ठुलो जनधनको क्षति पुर्याइरहेको सिन्धुपाल्चोकमा आज गएको भुकम्पको धक्काले जमिनलाई झन थिलथिलो बनाउँदा पहिरोको जोखिम झन उच्च बनेको छ ।

भुकम्पका कारण बढेको पहिरोको सम्भावित जोखिमलाई ख्याल गर्दै सर्बसाधारण र सुरक्षा निकाय सबैलाई सतर्क रहन आग्रह गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्