सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा किक बक्सिङ खेलाडी घिमिरेलाई सम्मान

किक बक्सिङका माध्यमबाट जापानमा नेपाल र नेपालीको नाम चिनाइरहेका किक बक्सिङ खेलाडी अविरल घिमिरेलाई जापानबासी नेपालीले सम्मान गरेका छन् । केही दिन पहिले जापानमा भएको किक बक्सिङ खेलमा बिजयी भएका घिमिरेलाई जापानको नागोयामा बस्ने नेपालीहरुले सेप्टेम्बर १६ का दिन सम्मान गरेका हुन् ।

किक बक्सिङ खेलाडी घिमिरेलाई नागोयामा रहेका नेपाल सम्बद्ध विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा सम्मान गरेको दर्शन समाज जापानका संरक्षक सुरज मल्लले बताएका छन् । मल्लले जापानको नागोयामा रहेर नेपाललाई माया गर्ने बिभिन्न संघसंस्थाले खेलाडी घिमिरेको हौसला बढाउन सम्मान गरेको बताएका छन् ।

किक बक्सिङ खेलाडी घिमिरेको सम्मान कार्यक्रममा कर्णाली प्रदेश समाज जापानका अध्यक्ष लगायत लोकेन्द्र शाही, तमुधि नागोयाका प्रेम गुरुङ, एनआरएनए आइसीसी मानार्थ सदस्य डिलाराम खरेल, एनआरएनए एसिया प्यासिफिकका अध्यक्ष गोविन्द श्रेष्ठ(रोबिन्द) लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी एनआरएनए एनसीसी केन्द्रीय उपाध्यक्ष दीपक कार्की, केन्द्रीय सचिव विष्णुप्रसाद घिमिरे, एनआरएनए नागोयाका क्षेत्रीय अध्यक्ष, एनआरएनए नागोया क्षेत्रका कोषाध्यक्ष गंगा घर्तीमगर, तामाङ समाज नागोयाका सदस्यहरु लगायत नागोयाबासी नेपालीहरुले पनि खेलाडी घिमिरेलाई सम्मान गरेका थिए ।

गैर आवासिय नेपाली संघका एसिया प्यासेफिक संयोजक गोबिन्द श्रेष्ठ (रोबिन्द)ले नागोयाबासी आम नेपाली र बिभिन्न संघसंस्थाले किक बक्सिङ खेलाडी घिमिरेको संयुक्त रुपमा सम्मान गरेर जापानमा सबै प्रवासीहरुबिचको सहकार्य र एकता हुनुपर्ने सन्देश दिएको बताएका छन् ।

त्यसैगरी नेसाजका पुर्वअध्यक्ष डा.सरोज कँडेलले पनि नागोयाबासी नेपालीले एकजुट भएर किक बक्सिङ खेलाडी घिमिरेलाई गरेको सम्मानको सह्राना गरेका थिए । छुट्टाछुट्टै फुटेर भन्दा पनि सबै नेपाली एकजुट भएर कार्यक्रम गर्दा आपसी भातृत्व र भाइचारा बृद्धि हुने डा.कँडेलको तर्क थियो ।

सामान्यतया यस्ता खालका सम्मान तथा स्वागत कार्यक्रमहरु जापानमा संस्था पिच्छे गर्ने चलन छ । किक बक्सिङ खेलाडी घिमिरेको सम्मान तथा स्वागतमा बिभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।

सम्मान कार्यक्रमको सञ्चालन गरेका दर्शन समाज जापानका संरक्षक सुरज मल्लले सहयोग गर्ने सबैलाई धन्यवाद तथा आभार प्रकट गर्दै प्रवासमा बस्ने सबै नेपाली हातेमालो गर्दै अगाडी जानुपर्ने बताएका थिए । मल्लका अनुसार नायोयासहित मियकेन र गिफु लगायतका होटल तथा रेष्टुरेन्ट व्यवसायी, विद्यार्थी लगायत सबै नेपालीले किक बक्सिङ खेलाडी घिमिरेको सफलतामा खुशि व्यक्त गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्