सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानवासी ठकुरीले दशैँ ओकिनावामा मनाउने

जापानमा रहेका ठकुरीहरुको संस्था ‘दर्शन समाज जापान’ले यसपालीको दशैं जापानको ओकिनावा प्रिफेक्चरमा मनाउने भएको छ । ओकिनावामा रहेका ठकुरीहरुको पहलमा यसपालिको दशैँ ओकिनावामा मनाउन लागिएको दर्शन समाज जापानका संरक्षक सुरज मल्लले बताएका छन् ।

यसअघि प्रायः टोकियोमा दशैँ मनाउँदै आएकोमा यसपालीको दशैँ ओकिनावामा मनाउन लागिएकाले बिशेष हुने समाजका संरक्षक सुरज मल्लले बताएका छन । दशैँ बिशेष कार्यक्रम टिकाको पर्सिपल्ट अर्थात द्वादशीका दिन आयोजना गरिएको दर्शन समाज जापान, ओकिनावा समितिका संयोजक खिमराज शाहले बताएका छन् ।

Thakuri

कार्तिक १२ गते अर्थात अक्टोवर २८ तारीख बुधबारका दिन हुने दशैँ बिशेष कार्यक्रममा दर्शन समाज जापानका संरक्षक सुरज मल्ल, बरिष्ठ उपाध्यक्ष राहुल शाही लगायतको टोली ओकिनावा जाने ओकिनावा समाजका संयोजक शाहले जानकारी दिएका छन । कार्यक्रम ओकिनावास्थित Nahashi Makishi 2-13-6 Kasumi Heim Building 2F (Contact No: 0988637200) मा हुने बताईएको छ ।

दशैँ बिशेष कार्यक्रममा टिका ग्रहण र शुभकामना आदानप्रदानसंगै दर्शन समाज जापानको ओकिनावा क्षेत्रिय समितिको नवगठित तदर्थ समितिका सदस्यहरुलाई सपथग्रहण गराउने कार्यक्रमसमेत रहेको छ । शुभकामना आदानप्रदान कार्यक्रममा समाजका गन्यमान्य व्यक्तिबाट दशैंको टिका र जमरा ग्रहण गर्ने व्यवस्था पनि मिलाईएको छ ।

गत सेप्टेम्बर १३ तारिखका दिन ओकिनावामा रहेका ठकुरीहरुको भेलाले खिमराज शाहीको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । नवगठित समितिमा चक्रबहादुर शाही बरिष्ठ उपाध्यक्ष रहेका छन्, भने उपाध्यक्षमा हरिबहादुर शाही, महासचिवमा दिपेन्द्र बहादुर बम, सचिवमा पारस शाही, कोषाध्यक्षमा लक्ष्मण कुमार शाही, महिला कोषाध्यक्षमा सम्पदा मल्ल रहेका छन् ।

Thakuri
दर्शन समाज जापान, ओकिनावा कार्यसमिति

त्यसैगरी सदस्यहरुमा अमृत बम, अस्मिता मल्ल ठकुरी र नबराज मल्ल रहेका छन् । भेलाले बिनोद ठकुरी र सुस्मा शाही सदस्य रहेको दुई सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।

टिका तथा जमरा ग्रहण कार्यक्रम सकिएपछी मनोरञ्जनका लागी सांगितिक कार्यक्रमको समेत व्यवस्था गरिएको छ । दर्शन समाज जापान, ओकिनावा समितिले दशैंको टिका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन समय मिल्ने जापानबासी सबै ठकुरीलाई आग्रह गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्