जापानबासी ठकुरीले ओकिनावामा मनाए दशैँ
जापानमा रहेका ठकुरीहरुले यसपालीको दशैँ ओकिनावामा मनाएका छन् । दर्शन समाज जापानको नवगठीत ओकिनावा समितिको आयोजनामा भएको दशैैँ बिशेष कार्यक्रममा दर्शन समाज जापानका पदाधीकारी र ओकिनावामा रहेका ठकुरीहरुको उपस्थिति रहेको दर्शन समाज ओकिनावाका अध्यक्ष खिमराज शाहले जानकारी दिएका छन् ।
दशैँको टिकाको पर्सिपल्ट अक्टोबर २८ तारिख बुधबारका दिन अर्थात द्वादशीका दिन आयोजना गरिएको दशैँ बिशेष कार्यक्रममा गन्यमान्य व्यक्तिबाट दशैँको टिका ग्रहण र नवगठित ओकिनावा समितिका पदाधीकारीलाई सपथ खुवाउने कार्यक्रम गरिएको थियो ।
दशैँ बिशेष कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहेका दर्शन समाज जापानका संरक्षक सुरज मल्ल र बरिष्ठ उपाध्यक्ष राहुल शाही लगायतले उपस्थितलाई टिका लगाइदिएका थिए भने दर्शन समाज जापानको ओकिनावा समितिको नवगठित कार्यसमितिका पदाधीकारीलाई सपथ खुवाएका थिए ।
ओकिनावा समितिका अध्यक्ष खिमराज शाहको सभापतित्वमा भएको दशैँ बिशेष कार्यक्रममा प्रमुख अतिथी दर्शन समाज जापानका संरक्षक सुरज मल्लले ठकुरीहरुको अन्तराष्ट्रिय संगठन सञ्जाल र वर्तमान अवस्थाका बारेमा भनाई राखेका थिए ।
कार्यक्रममा दर्शन समाज जापानका बरिष्ट उपाध्यक्ष राहुल शाहीले जापानमा रहेका ठकुरीहरुको अवस्था र ठकुरी एकताको आवश्यकताका बारेमा आफ्ना भनाई राखेका थिए । त्यस्तै नवगठित कार्यसमितिका अध्यक्ष तथा कार्यक्रमका सभापती खिमराज शाहले जापानमा रहेका ठकुरीहरुलाई संगठित हुन अपिल गरेका थिए ।
गत सेप्टेम्बर १३ तारिखका दिन ओकिनावामा रहेका ठकुरीहरुको भेलाले खिमराज शाहको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । नवगठित समितिमा चक्रबहादुर शाही बरिष्ठ उपाध्यक्ष रहेका छन्, भने उपाध्यक्षमा हरिबहादुर शाही, महासचिवमा दिपेन्द्र बहादुर बम, सचिवमा पारस शाही, कोषाध्यक्षमा लक्ष्मण कुमार शाही, महिला कोषाध्यक्षमा सम्पदा मल्ल रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा अमृत बम, अस्मिता मल्ल ठकुरी र नबराज मल्ल रहेका छन् । भेलाले बिनोद ठकुरी र सुस्मा शाही सदस्य रहेको दुई सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । दशैं बिशेष कार्यक्रममा टिका ग्रहण र सपथ खुवाउने कार्यक्रम सकिएपछी मनोरञ्जनका लागी सांगितिक कार्यक्रम पनि गरिएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्