सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको नागोयामा नेपाली युवाले गरे आत्महत्या

जापानको नागोयामा एक नेपाली युवाले आफु बस्दै आएको अपार्टमेन्टको सात तलामाथीबाट हाम फालेर आत्महत्या गरेका छन् । मृतक भरतले आत्महत्या गरेका हुन या दुर्घटना भएको हो भन्ने आधिकारिक पुष्टि हुन भने बाँकी नै छ ।

नेपालमा म्याग्दी घर भएका भरत पुन (गर्वुजा) नाम गरेका युवाले आफु बस्दै आएको अपार्टमेन्टको सातौँ तलाबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ । मृतक पुनले के कति कारणले आत्महत्या गरेका हुन भन्ने कारण भने अहिलेसम्म खुलेको छैन ।

Bharat Garbuja Death in Nagoya

हाम फाले लगत्तै उनलाई अस्पताल लगिएको भए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको जापानी सञ्चार माध्यमले समाचारमा उल्लेख गरेका छन् । मृतक पुनको आत्महत्याबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले उनको शव हेर्न भेट्न नदिएको गैर आवासिय नेपाली संघ, नागोयाका संयोजक श्याम सितलले जानकारी दिएका छन् ।

उमेरले भर्खरै ३५ बर्ष पुगेका अविवाहित भरत ६ बर्षअघि विद्यार्थी भिषामा जापान आएको खुलेको छ । मृतक पुनले गत जुलाई महिनामा मात्रै आईचीस्थित एक कारको मोटरपार्टस् उत्पादन गर्ने कम्पनीमा कामदार भिषा परिवर्तन गरेका थिए ।

जानकारीमा आए अनुसार मृतक भरत गएको सेप्टेम्बर यता रोजगारबिहिन भएको खुल्न आएको छ । भरतलाई नजिकबाट चिन्ने साथीभाईहरुका अनुसार केही समय यता उनले आफु मानसिक रुपमा बिक्षिप्त (फ्रस्ट्रेटेड) रहेको बताउँदै आएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्