पुर्वसभामुख महरा पत्नीको कोरोनाबाट निधन
पुर्वसभामुख तथा प्रतिनिधि सभाका सांसद कृष्ण बहादुर महराकी श्रीमति सिता महराको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछी नर्भिक अस्पतालमा उपचार गराईरहेकोमा सिता महराको आज बुधबार बिहान ६ः४५ बजे निधन भएको हो ।
सुरुमा दशैँ मनाउन पुख्र्यौली घर रोल्पा गएका बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछी उनलाई कार्तिक १३ गते उपचारका लागी दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा स्वासप्रस्वास र निमोनियाको समस्या देखापरेपछी उनलाई थप उपचारका लागी कार्तिक १४ गते शुक्रबारका दिन हेलिकप्टरमार्फत काठमाण्डौस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
पीसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछी उनलाई गत १५ गतेदेखी भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएकोमा आज बुधबार बिहान उनको निधन भएको अस्पतालले पुष्टि गरेको छ । मृतक सिता महरा गत १० बर्षदेखी माइस्थेनिया रोगबाट पीडित थिइन् ।
कृष्ण बहादुर महरा पत्नी सिता महराको जन्म २०१८ साल साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा भएको थियो । सिता महराको २०३५ सालमा कृष्ण बहादुर महरासँग विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी रहेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्