सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रेष्टुरेन्ट आगलागीमा हङकङ्गमा ७ नेपालीको मृत्यु

हङकङ्गको एउटा नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा ७ जना नेपालीको निधन भएको छ । आगोमा परि मृत्यु हुनेमा ४ जना पुरुष र ३ जना महिला रहेको हङकङ्गका सञ्चारमाध्यममा प्रकासित समाचारमा जनाइएको छ ।

मृत्यु हुनेमा एक ९ बर्षिया बालक समेत रहेको बताइएको छ । आगलागीमा परि १८ जना घाइते भएको समाचार छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

Hongkong Nepali restaurant fire

नेपालीहरुले सञ्चालन गरेको उक्त रेष्टुरेन्ट बिना लाइसेन्स चलाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यस बिषयमा हङकङ्ग प्रहरीले अनुसन्धानलाई अगाडी बढाएको छ । अनुसन्धानपछी मात्रै आधिकारिक जानकारी बाहिर आउने सञ्चारमाध्यमा प्रकासित समाचारहरुमा जनाइएको छ ।

आईतबार राति हङकङ्गको जोर्डन लाईमा रहेको रेष्टुरेन्टमा जन्मदिन मनाइरहेका बेला सबेरै करिब ८ बजेतिर आगलागी भएको बताइएको छ । आगलागीमा परेका बालबालिकासहित केहीको सकुशल उद्धार गरिएको छ । आगलागीमा परि ज्यान गुमाउनेहरुको विवरण खुल्न बाँकी नै छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्