सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा युट्युवबाट पैसा कमाउने तरिका (भिडियोसहित)

पछिल्लो समय युट्युवमा भविष्य खोज्नेको जमात नेपालमा ठुलो छ । युट्युवमा भिडियो राखेर महिनामै ८१० लाख भन्दा बढी कमाउनेको संख्या नेपालमा ठुलै भइसकेको छ । तथापी यसअघि नेपाली युट्युवरले युट्युवमा च्यानल लोकेसन अरु नै देशको राखेर भेरिफाई गराउनुपर्ने बाध्यता रहँदै आएको थियो ।

अब भने नेपाली युट्युबरका लागी खुसीको खबर आएको छ । युट्युबले नेपाललाई पनि आफ्नो भिडियो मोनिटाइजेशनको पार्टनर प्रोगामको सुचिमा समावेश गरेको छ । अब युट्युबले उपलब्ध गराइरहेका सेवा तथा आम्दानीको प्रक्रियामा युट्युवरहरु नेपालबाटै सहभागी हुन सक्नेछन् ।

नेपालमा युट्युवमा पैसा कमाउने तरिका सिक्न यो भिडियो हेर्नुहोस्

युट्युबमार्फत नेपालीहरुले आम्दानी गरिरहेको भएपनि पार्टनर प्रोग्रामको सूचीमा नेपाल नहुँदा मोनिटाइज गर्दा अन्य देशको नाम राख्नुपर्ने बाध्यता थियो । भिडियो प्ल्याटफर्म युट्युबमा नेपाली कन्टेन्ट निर्माताको बाक्लो उपस्थिति भएपनि यसअघि मोनिटाइज गर्न सहज थिएन ।

नेपालीले भारत, अमेरिकाजस्ता देशको नाम राखेर सोही देशको प्रयोगकर्ता देखाएर आम्दानी गर्नुपर्ने अवस्था थियो । युट्युवको पार्टनर प्रोग्रामको सूचीमा नेपाल समाबेश भएसंगै अब युट्युवमा भविष्य खोज्ने युट्युवरले नेपाल नै लोकेसन राखेर भिडियो मोनिटाइज गर्न सक्नेछन् ।

यसबाहेक युट्युबले सार्वजनिक गर्ने नयाँ किसिमका सेवा तथा नियमहरु नेपाली प्रयोगकर्ताका लागि पनि लागु हुनेछ । युट्युबको पार्टनर प्रोग्राममा अहिले १ सय २२ देश समावेश छन् । युट्युवमा भिडियो हालेर पैसा कमाउन एक हजार सब्सक्राइबर र चार हजार घन्टा भिडियो हेरिएको समय पुरा हुनुपर्ने प्रावधान रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्