सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कृषि क्षेत्रमा जापान जान सिप परिक्षा खुल्यो

पछिल्लो समय कामदारको अभाव पुर्ति गर्न तोकुतेई गिनोउ भिषामार्फत विदशी कामदार भित्र्याइरहेको जापानले नेपालबाट कृषि क्षेत्रमा कामदार ल्याउने भएको छ । यसअघि जापानले नेपालबाट नर्सिङ केयरमा मात्रै कामदार ल्याउन आवेदन खुलाएको थियो ।

नेपालसहित बिभिन्न दर्जन भन्दा बढि देशबाट विदेशी कामदार भित्र्याईरहेको जापानले नेपालबाट कृषि क्षेत्रमा कामदार भित्र्याउन परिक्षाको मिति तोकेको छ । कृषि क्षेत्रमा जापान आउन इच्छुक दक्ष कामदारले सन् २०२१ को जनवरी १५ तारिखबाट आवेदन फाराम भर्न सक्नेछन् ।

यसअघि नर्सिङ केयरमा आवेदन खुलाउँदा गोलाप्रथा प्रणाली लागु गरिएकोमा यसपाली भने त्यो हटाइएको छ । कृषि क्षेत्रको परिक्षाका लागी यसपाली पहिला आउनेले पहिलो प्राथामिकता पाउनेछन् । अर्थात सुरुमा जसले फाराम भर्छन उनीहरुले नै पहिलो प्राथामिकता पाउनेछन् ।

Tokyo

भौचर खरिदका लागी जनवरी १५ मा आवेदन फाराम खुलेपनि परिक्षा भने मार्चमा हुनेछ । जापानले गतसालबाट बिभिन्न १४ क्षेत्रमा सरकारी संयन्त्रमार्फत नेपाली कामदार ल्याउन नेपाल सरकारसंग सम्झौता गरेको थियो । त्यसअघि नीजि मेनपावर कम्पनीमार्फत प्रशिक्षार्थी कामदार जापान आउने गरेका थिए ।

जापानले सन् २०२४ सम्ममा करिब साढे ३ लाख विदेशी कामदार भित्र्याउने लक्षसहित नयाँ तोकुतेई गिनोउ भिषा प्रणाली जारी गरेको थियो । सुरुवाती प्रक्रियामा बिभिन्न देशबाट थोरै मात्रामा विदेशी कामदार भित्र्याएको जापानले नेपालबाट पनि न्युन संख्यामा नर्सिङ केयरको क्षेत्रमा कामदार भित्र्याएको थियो ।

कोरोना भाइरसको महामारीले रोकिएको विदेशी कामजार भित्र्याउने रणनीतिलाई जापानले विस्तारै सुरुवात गर्ने तयारी गरिरहेको छ । गत महिनामात्रै जापानले खाद्यान्न तथा होटल रेष्टुरेन्ट क्षेत्रमा कामदार ल्याउन परिक्षा लिने घोषणा गरेको थियो । सोही अनुरुप जापानले कृषि क्षेत्रका लागी नेपालबाट कामदार ल्याउन परिक्षाको मिति घोषणा गरेको हो ।

कोरोनाका कारण जापानभित्रै रोजगारी घटिरहे पनि नेपालबाट कामदार ल्याउन परिक्षाको मिति घोषणा हुँदा नेपालमा भाषाको परिक्षा दिएर बसेका युवाहरु उत्साहीत भएका छन् । तोकुतेई गिनोउ भिषामा जापान आउन आवश्यक भाषा परिक्षा JFT Basic वा JLPT N4 लेभल उतिर्ण गरेर बसेका युवाहरुको लागी यो राम्रो मौका हुनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्