जापानमा ७.३ रेक्टरको भुकम्प, कहाँ कति क्षति ?
जापानमा शनिबार मध्यरातको समयमा उत्तरपुर्वी जापानलाई केन्द्रविन्दु बनाएर ७.३ म्याग्नेच्युटको भुकम्प गएको छ । जापानको मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार राति ११ः७ मिनेट जाँदा उत्तरपुर्वी जापानको फुकुसिमा प्रिफेक्चरलाई केन्द्र बनाएर भुकम्प गएको थियो ।
जापानटुडे अनलाइनले समाचारमा उल्लेख गरेअनुसार फुकुसिमा प्रिफेक्चरको समुद्री तटिय क्षेत्रमा गएको भुकम्पको केन्द्रविन्दु समुद्री सतहबाट ५५ किलोमिटर गहिराईमा भएको मापन गरिएको छ । फुकुसिमा र मियागीका बिभिन्न ७ स्थानमा ६ रेक्टर भन्दा माथीको कम्पन मापन गरिएको जापानको मौसम विभाग (एजेन्सी)ले जनाएको छ ।
भुकम्पका कारण फुकुसिमा र मियागीका बिभिन्न स्थानमा पहिरो र सडक भाँसिएका कारण यातायात अवरुद्ध भएको छ । भुकम्प लगत्तै जापानको आपतकालिन उद्धार कार्यलाई तिब्र पारिएको छ । यो समाचार तयार पार्दासम्म भुकम्पमा परी १०० जनाको हाराहारीमा घाइते भएको तथ्यांक सार्बजनिक भएको छ । हालसम्म भुकम्पका कारण मृत्यु भएको समाचार छैन ।
भुकम्पका कारण सबैभन्दा बढी क्षति पेयपदार्थका पसलहरुमा भएको अनुमान गरिएको छ । भुकम्पको कम्पनका कारण रक्सी लगायत सिसामा राखिएका पेयपदार्थका वोतल खसेर क्षति भएको सञ्चारमाध्यममा प्रसारित भिडियो क्लिपहरुमा देखाइएको छ । क्षतिका विवरणहरु आउन बाँकी नै छ ।
भुकम्पका कारण टोक्यो इलेक्ट्रिसिटी लाइन अन्र्तगतका ८ लाख ६० हजार भन्दा बढी घरधुरीमा बिधुत अवरुद्ध भएको थियो भने तोहोकु इलेक्ट्रिसिटी लाइन जोडिएका ९० हजार घरधुरी विधुत बिहिन भएका थिए । त्यसैगरी थर्मल पावर अवरुद्ध हुँदा ९ लाख घरधुरीमा बिधुत अबरुद्ध भएको थियो ।
११ः०७ बजे भुकम्प गएपछी जापानका प्रधानमन्त्री योशोहिदे सुगा ११ः२८ बजे नै आफ्नो कार्यालयमा पुगेका थिए । भुकम्प लगत्तै जापान सरकारले कार्यदल गठन गरेको छ । प्रधानमन्त्री सुगाले भुकम्पले क्षति भएका ठाउँमा तत्काल पुर्ननिर्माण गर्न र जनजिवन सामान्य बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री सुगाले राति २ बजे पत्रकार सम्मेलन गरी जनतालाई नआत्तिएर घरभित्रै बस्न र सम्भावित पराकम्पका लागी तयारी अवस्थामा रहन समेत आग्रह गरेका थिए ।
प्रधानमन्त्री सुगाले आईतबार बिहान ९ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । जापान सरकारका उच्च प्रवक्ता काचुनोवु कातोले अघिल्लो एक हप्ताको विचमा ६ रेक्टर भन्दा बढीको पराकम्प आउन सक्ने भन्दै सर्बसाधारणलाई सचेत रहन अपिल गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्