सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा सुत्केरी नेपाली महिलाद्वारा आत्महत्या

जापानको मियाजाकी प्रिफेक्चरमा बस्ने एक महिनाकी सुत्केरी नेपाली महिलाले आफै बस्ने कोठामा झुण्डिएर आत्महत्या गरेकी छिन् । श्रीमानसंग बस्दै आएकी सुत्केरी महिला झुण्डिएको अवस्थामा भेटिएकाले आफैले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

आश्मा श्रेष्ठ नाम गरेकी मृतक महिलाको नेपाल घर सिन्धुपाल्चोक जिल्ला भएको समाचारहरुमा उल्लेख गरिएको छ । मृतक महिलाको भर्खरै एक महिनाको छोरी छिन् । मृतक महिलाका श्रीमान दिपक नेपालीले दिएको जानकारी अनुसार फेब्रुअरी १८ तारिख मध्यराति आफु निदाईरहेका बेला उनले आत्महत्या गरेकी हुन् । आफु निदाईरहेकाले घटनाबारे आफुले केही पनि थाहा नपाएको नेपालीले बताएका छन् ।

मृतक महिलालाई आफै बसेको घरको बरण्डामा झुण्डिएको अवस्थामा मृत फेला पारिएको उनका श्रीमानले जानकारी दिएका छन् । सुरुमा दुबैजना बिद्यार्थी भिषामा जापान आएकोमा श्रीमानले वर्किङ भिषामा परिवर्तन गरेपछी मृतक महिला डिपेन्डेन्ट भिषामा थिईन । उनिहरुले गत बर्ष मात्रै अन्र्तजातिय प्रेम बिबाह गरेका थिए । अन्र्तजातिय बिबाह गरेका उनिहरुबिच मनमुटाव रहेको हुनसक्ने बताइएको छ ।

भर्खरकी सुत्केरी महिलाले किन आत्महत्या गरिन भन्ने यकिन कारण भने खुल्न सकेको छैन । प्रारम्भिक अनुमान अनुसार अन्र्तजातिय बिबाह नै महिलाले आत्महत्या गर्नुको मुख्य कारण हुनसक्ने ठानिएको छ । उनिहरुको एक महिनाको छोरिलाई हाल श्रीमानले नै हेरविचार गरिरहेका छन् ।

यसअघि जापानको नागोयामा एक नेपाली युवाले आत्महत्या गरेको समाचार सेलाउन नपाउँदै एक महिनाकी सुत्केरी महिलाले आत्महत्या गरेको खबरले जापानमा रहेका नेपाली समुदायलाई चिन्तित बनाएको छ । ८ बर्षदेखी बस्दै आएका बाग्लुङ्ग ग्वालिचौरका ३७ बर्षिय मधु आचार्यले पनि फेब्रुअरी १८ तारिख राति झुण्डिएर आत्महत्या गरेका थिए । कुक पेसामा कार्यरत उनको श्रीमतिसंग सम्बन्ध राम्रो नभएको र श्रीमानश्रीमति जापानमै भएपनि अलग अलग बस्दै आएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्