सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मन्दिपको नेतृत्वमा तोचिगीमा एनआरएनए गठन

गैर आवासीय नेपाली संघ जापानले बाग्लुङ्गका मन्दिप क्षेत्रीको संयोजकत्वमा तोचिगिकेनमा तदर्थ समिति गठन गरेको छ । यसअघिको कार्यसमिति निस्क्रिय भएपछी समितिबिहिन बनेको तोचिगी क्षेत्रमा यसपाली मन्दिप क्षेत्रीको नेतृत्वमा पुन; एनआरएनएलाई व्युँताइएको हो । यसअघिका तोचिगी समितिका संयोजक विकास वस्नेत एनआरएनए जापानको क्षेत्रिय सचिवमा निर्वाचित भएपछी तोचिगी समिति निस्क्रिय बनेको थियो ।

आईतबार तोचिगीकेनको तोचिगीसीस्थित सन प्लाजामा भएको भेलाले बाग्लुङका मन्दिप क्षेत्रीको संयोजकत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । नबगठित कार्यसमितिको उप–संयोजकमा राजेन्द्र पुरी र मदन साउद रहेका छन् भने सचिबमा शम्भु थापा रहेका छन् । त्यसैगरी नवगठित समितिको कोषाध्यक्षमा प्रकास जंग सिंह रहेका छन् ।

समितिको सह–सचिबमा उत्तम खनाल रहेका छन् भने सह–कोषाध्यक्षमा उमेश केसी चयन भएका छन् । त्यसैगरी तदर्थ समितिको सदस्यहरुमा अनिल कुमार किसान, जित बहादुर रावत, किशोर बस्नेत, दिपक सुनार, अलिसा सुनार, सुसान्त गुरूङ, चेतमान रावल, रोहित दर्लामी मगर, तोमन सापकोटा, देवमान तामाङ, संजिता हमाल र सुसान्त तामाङ रहेका छन् ।

NRNA JAPAN

नवगठित तोचिगी क्षेत्रको तदर्थ समितिका संयोजक मन्दिप क्षेत्रीको नेपाल घर बाग्लुङ हो । करिब १० बर्षदेखी जापानमा बस्दै आएका क्षेत्री पछिल्लो ७ बर्ष यता जापानको तोचिगीसीमा एभरेष्ट एसियन नामको रेष्टुरेन्ट व्यवसाय गर्दै आएका छन् । सहयोगी र मृदुभाषी मन्दिप क्षेत्री नेतृत्वको तोचिगी एनआएनए समितिले तोचिगीवासी नेपालीका लागी साँच्चिकै अभिभावकिय भुमिका निर्वाह गर्नेमा तोचिगीवासी नेपाली आशावादी छन् ।

एनआरएनए तोचिगीका निवर्तमान अध्यक्ष तथा एनआरएनए जापानका क्षेत्रिय सचिव विकास वस्नेतको सभापतित्वमा भएको भेलामा एनआरएन जापानको राष्ट्रिय समन्वय परिषदका अध्यक्ष देवीलाल भण्डारी प्रमुख अतिथी रहेका थिए ।

नवगठित कार्यसमितिलाई शुभकामना तथा बधाई दिँदै प्रमुख अतिथी एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले विस्तारित कार्यसमितिले तोचिगी क्षेत्रमा बस्ने नेपालीहरुको हकहित र सहयोगका लागी अभिभावकको भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

NRNA Japan Tochigi
नवगठित एनआरएनए तोचिगी तदर्थ समिति प्रमुख अतिथी, अतिथी लगायतसंग

तदर्थ समिति विस्तारका लागी एनआरएनए जापानका अध्यक्षसंगै क्षेत्रिय उपाध्यक्ष दिपक कार्की, युवा उपाध्यक्ष नविन निउरे, महासचिब जनक बिक्रम शाही पनि तोचिगी पुगेका थिए ।

त्यस्तै एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठ, महिला संयोजक संगिता अधिकारी सुवेदी, सदस्य रामकृष्ण श्रेष्ठ, अन्जु भण्डारी, सल्लाहकार शिव प्रसाद पौडेल, समाजसेबी प्रकास भण्डारी, गुन्मा केनका एनआरएनए संयोजक मिन कुमार लामिछाने मगर र संघका प्रतिनिधि किरण थापाको पनि भेलामा सहभागीता रहेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्