सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रुकुमको, हान मायाँ चौका दाउ हुकुमको भाईरल

न शिरबन्दि चाहियो राजै न चाहियो रानिहार
टेक्न पाए देख्न पाए त्यो दिलको दरिबार

रुकुमेली सर्जक विजय चन्द ‘दर्पण’ को उत्कृष्ट शब्द सिर्जनामा तयार भएको नेपाली लोकदोहोरी गित ‘चौका दाउ’ ले यतिबेला नेपाली संगित बजारलाई तताएको छ । विजय चन्दको उत्कृष्ट शब्द रचनामा बाबुकृष्ण परियारको संगितले गितलाई निकै सुमधुर बनाईदिएको छ ।

नेपाली लोकदोहोरीको महासागरमा शान्तिश्री परियारको नाम आफैमा पुर्ण छ । शान्तिश्री परियार र बाबुकृष्ण परियारको सुमधुर स्वरले गितलाई निकै उत्कृष्ट बनाएको छ । गायिका शान्तिश्री परियार यसै पनि स्थापित गायिका हुन्, यसर्थ उनको स्वरको चर्चा र प्रशंसा नहुने कुरै भएन । ‘चौका दाउ’ गित गाएपछी गायक बाबुकृष्ण परियारको स्वरको पनि ब्यापक प्रशंसा भएको छ ।

युट्युव, टिकटिक लगायत बिभिन्न सामाजिक सञ्जालमा आएका गितका प्रतिक्रियालाई हेर्ने हो भने ‘चौका दाउ’ गित सुनेर बाबुकृष्ण परियारको पसंशक (फ्यान) भईयो भन्नेहरुको लामै ताँती बनेको छ । उसो त ‘चौका दाउ’ गित यति राम्रो हुनुमा शब्द, संगित र स्वरको उत्कृष्ट संयोजन नै हो । त्यसैले गित उत्कृष्ट बन्नुमा सम्पुर्ण समुहको उत्तिकै योगदान र मेहनत छ ।

विजय चन्द दर्पण अफिसियल युट्युव च्यानलबाट सार्बजनिक भएको ‘चौका दाउ’ गित यो समाचार तयार पार्दासम्म दुई मिलियन (२२ लाख बढी) पार गरेर तिन मिलियनको यात्रा तय गरिसकेको छ । ‘चौका दाउ’ गितले करोड क्लब प्रवेश गर्नेमा गितका दर्शक श्रोताको विश्वास कमेन्टहरुबाट थाहा पाउन सकिन्छ ।

गितको संगित संयोजन सुनिल परियारले गरेका छन् । गितको म्युजिक भिडियोमा सुनिल क्षेत्रि र गिता ढुंगानाले अभिनय गरेका छन् । भिडियोलाई सुनिल क्षेत्रिले नै निर्देशन गरेका छन् । युट्युवमा आएका प्रतिक्रियालाई आधार मान्ने हो भने गितको म्युजिक भिडियोलाई यो भन्दा अँझ उत्कृष्ट बनाउन सकिन्थ्यो भन्ने छ । तर समग्रमा ‘चौका दाउ’ गित नेपाली लोकदोहोरी क्षेत्रमा अर्को एउटा चर्चित गितको रुपमा दर्ता भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्