सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एनआरएनए जापानको विवाद मिलाउने जिम्मा भट्टलाई

गैर आवासीय नेपाली संघ जापानको निर्वाचनमा प्रविधिको दुरुपयोग गरी चुनावी नतिजामा धाँधली गरेको पाइएपछी सिर्जना भएको विवाद अँझै पनि मिल्न सकेको छैन । अनलाइन भोटिङ प्रक्रियामा इमेलको दुरुपयोग गरी वास्तविक मतदाता भन्दा अर्कै व्यक्तिले भारतबाट मतदान गरेको छानबिन समितिको रिपोर्टमा समेत देखिएको छ ।

अहिले यो विवााद मिलाउने जिम्मा गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय समितिका पुर्वअध्यक्ष भवन भट्टलाई दिइएको छ । एनआरएनए आइसिसिको ८१ औं बैठकले एनआरएनए जापानको विवाद मिलाउनको लागि संघका पूर्वअध्यक्ष भबन भट्टलाई जिम्मेवारी दिएको हो ।

सो बैठकले एनआरएनए आइसीसी डेलिगेट मिलाउनको लागि ४ बुँदे शर्त बनाएर बिबादित समस्या समाधान गर्न एनआरएनए आइसीसीका पूर्व अध्यक्षहरु सम्मिलित ७ सदस्सीय समिति गठन गरेको थियो ।

गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय समितिले गैर आवासीय नेपाली संघ जापानको बिवाद मिलाउनका लागि दिएका निर्देशन तथा शर्त:–
१. संघको दशौँ महाधिवेशन तथा आइसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरुको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्ने ।
२. २८ फेब्रुअरी २०२२ सम्ममा संघको दशौँ महाधिवेशन तथा निस्पक्ष चुनाव सम्पन्न गर्न समितिले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली संघको विधान र नियमावली अन्तर्गत रहेर २६ जनवरी २०२२ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने ।
३. समितिले आवश्यक ठानेमा माथि उल्लेखित कामहरु सफलतापूर्वक गर्नको लागि कानूनी, आइटी लगायतका विशेषज्ञहरु रहेको स्वतन्त्र समितिहरु गठन गर्न सक्ने छ ।
४. संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले उक्त समितिलाई सघाउने छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्