सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

को हुन् जापानका पुर्वप्रधानमन्त्रीको हत्या गर्ने व्यक्ति ?

शुक्रबार बिहान मानिसहरु सदाझैँ आफ्नो सामान्य कामकाजमा व्यस्त हुँदै थिए । साढे ११ बजेतिर जापानमा एक्कासी पुर्वप्रधानमन्त्री आवेमाथी गोली प्रहार भएको घटनाले सबैको ध्यान केन्द्रित बनायो । जापानजस्तो देशमा त्यो पनि पुर्वप्रधानमन्त्री जस्तो उच्चपदस्त मान्छेमाथी दिनदहाडै गोली प्रहार भएको घटनाले सिंगो देशलाई स्तब्ध बनायो ।

जापान मात्रै होईन आवेमाथी गोली प्रहार भएको घटना विश्वभर फैलियो र सारा विश्वलाई नै स्तब्ध बनायो । जापान जस्तो शान्त र सुरक्षित ठाउँमा कसले ? किन ? र कसरी पुर्वप्रधानमन्त्री जस्तो उच्च पदस्त व्यक्तिमाथी यति सजिलै गोली प्रहार गर्यो र गर्न सक्यो भन्ने जिज्ञासा जापान भित्र र विश्वभर सिर्जना भयो ।

पुर्वप्रधानमन्त्री आवेलाई गोली हान्ने ४१ वर्षका संदिग्ध यामागामी तेचुया नाम गरेका व्यक्तिलाई प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको छ । घटनाका अनुसन्धान अधिकृतहरुलाई उनले दिएको वयान अनुसार आक्रमणकारी यामागामी पूर्व प्रधानमन्त्री आबेसँग निराश थिए र उनले हत्या गर्ने उद्देश्यले नै आवेमाथी गोली चलाएका थिए ।

Shinjo Abe

प्रधानमन्त्री कार्यकालमा आवेले गरेका काम प्रति आफ्नो चित्त नबुझेकाले आवेमाथी गोली प्रहार गरेको आक्रमणकारीले वयानमा बताएका छन् । उनले पुर्वप्रधानमन्त्री आवेको पार्टीप्रति भने आफ्नो कुनै रिष नभएको पनि वयानमा बताएका छन् । अनुसन्धान अधिकारीहरुसंगको वयानमा आक्रमणकारीले हत्याको कारण यति नै खुलाए पनि पुर्ण अनुसन्धानको काम भने बाँकी नै छ ।

आक्रमणकारी घटनास्थलमा खैरो टी–शर्ट र ट्राउजरमा देखिएका थिए । जापानको रक्षा मन्त्रालय स्रोतलाई उध्रित गर्दै जापानको राष्ट्रिय समाचार संस्था एनएचकेले समाचारमा उल्लेख गरे अनुसार घटनामा संलग्न व्यक्ति सेल्फ डिफेन्स फोर्स (सेना सरह)का पूर्व सदस्य हुन् । आत्म रक्षा बलमा तीन वर्ष (२००५सम्म) काम गरेका उनले घरमा आफैले बनाएको ह्याण्डमेड गनबाट गोली चलाएका हुन् ।

Shinjo Abe murderer
जापानका पुर्व प्रधानमन्त्री सिञ्जो आवेको हत्यामा संलग्न ४१ बर्षिय यामागामी तेचुया

सभामा सहभागी रहेका आबेको दल डेमोक्रेटिक लिबरल पार्टीका पदाधिकारी र सभामा सहभागी प्रत्यक्ष दर्शीले प्रहरीलाई दिएको बयान अनुसार आक्रमणकारीले १० मिटरको दूरीबाट आवेमाथी गोली प्रहार गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार गोली हानेपछि ती आक्रमणकारी शान्त थिए र भाग्ने प्रयास गरेका थिएनन् ।

आमसभामा उपस्थित ५० वर्षीया प्रत्यक्षदर्शी महिलाले जापानको राष्ट्रिय सञ्चार माध्यम एनएचकेसँग भनेकी छिन–‘म आबेको भाषण सुनिरहेकी थिएँ । त्यहीबेला देखेँ कि हेलमेट लगाएका एक व्यक्तिले आवेलाई दुई गोली हाने । दोस्रो गोली लागेपछि आबे ढले । उक्त व्यक्तिलाई तत्काल गिरफ्तार गरियो ।’

प्रहरीले पक्राउ गरेका व्यक्तिको घरबाट अरु घरेलु हतियार पनि फेला पारेको छ । ती हतियार आबेमाथि गोली हान्न प्रयोग भएका हतियार जस्तै रहेको बताइएको छ । आबेको कार्यक्रमबारे ती आक्रमणकारीले कसरी थाहा पाए भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । किनकी आबेको कार्यक्रम गएराति मात्रै आकस्मिक रुपमा तय भएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्