सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा छात्रामाथि यौन दूरव्यवहार गर्ने नेपाली पक्राउ

टोकियोमा एक जना नेपाली युवालाई प्रहरीले समातेका छन् । स्थानीय सञ्चार माध्यमहरुले प्रकाशन गरेको खबरका अनुसार पक्राउ पर्ने युवा अमृत सापकोटा हुन् । उच्च विद्यालयकी छात्रामाथि यौन दूरव्यवहार गरेको अभियोगमा सापकोटा पक्राउ परेको टोकियो महानगरीय प्रहरी विभागले बताएको छ ।

उनीमाथी टोकियोको सिनागावा वडाको सडकमा उच्च विद्यालयकी छात्रालाई बोलाएर उनको संवेदनशील अंगहरुमा छुनेजस्ता अश्लील कार्य गरेको अभियोग लागेको छ । गएको महीना सिनागावा वडाको एउटा सडकमा उच्च विद्यालयकी ती छात्राको स्तन छुने लगायतका अश्लील कार्य गरेको अभियोग संदिग्धमाथि लगाइएको प्रहरीले बताएको छ ।

घटनाको समयमा सापकोटा साथीको कोठाबाट जमघटमा मादक पदार्थ सेवन गरेर फर्किएका छन् । घर फर्किने क्रममा उनले बाटोमा भेट्टिएकी ती युवतिलाई बोलाएर नजिकैको पार्किङमा लगेर उनीमाथि यौन दूरव्यवहार गरेका थिए । सापकोटाले आफूमाथिको आरोपको आंशिक खण्डन गरेका छन् । युवतीलाई आफूले छोएको भएपनि आपसी सहमतिमा सो कार्य भएको अनि जबर्जस्ती नभएको भन्दै प्रहरीको सोधपुछको क्रममा सापकोेटाले भनेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्