सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा नेपालीको संख्या १ लाख ४० हजार पुग्यो

जापानमा नेपालीहरुको संख्या झन्डै १ लाख ४० हजार पुगेको छ । जापानको अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२२ को अन्त्यसम्ममा जापानमा १ लाख ३९ हजार ३९३ जना नेपाली रहेका छन् ।

सन् २००२ मा जापानमा दर्ता भएर बसेका नेपालीहरु जम्मा ३ हजार ६४९ जना मात्रै थिए । गएको वर्ष मात्रै ४२ हजार नेपाली जापान छिरेका छन् । सन् २०२१ मा जापानमा जम्मा जम्मी ९७ हजार १ सय ९ जना मात्रै नेपालीहरु थिए ।

जापानमा विदेशीहरुको संख्या बढ्न थालेसँगै नेपालीहरु पनि बढेका छन् । सन् २०१० को दशकको शुरु देखि जापानमा विदेशीहरुको संख्या तीव्र दरमा बढ्न थालेको थियो । गएको वर्ष जापानमा जनसंख्या सबैभन्दा धेरै बढ्नेमा भियतनामीहरु छन् ।

फिलिपिन्स र एशियाका अन्य देशबाहेक ब्राजिलीयनहरुरुको जनसंख्या पनि तीव्र बढेको छ । जनसंख्याका आधारमा भने चिनियाँहरु सबैभन्दा धेरै ७ लाख १६ हजार छन् । दोस्रो र तेस्रो स्थानमा भियतनामी र कोरियालीहरु छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्