सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फुजी हिमाल चढ्दा मृत्यु भएका शेर्पाको जापानमै अन्त्येष्टी

जापानको सबैभन्दा अग्लो हिमाल फुजी हिमाल चढ्ने क्रममा लडेर मृत्यु भएका एक नेपाली युवाको जापानमै दाह संस्कार गरिने भएको छ । एक अमेरिकी र दुई जापानी सहितको टोलीमा हिमाल आरोहण गर्न गएका सेर्की छिरिङ शेर्पाको आरोहण गरेर फर्किने क्रममा चिप्लिएर मृत्यु भएको थियो ।

उनी ट्रेकिङ गाइडका रुपमा हिमाल आरोहणमा गएका थिए । सोलुखुम्बु नाम्चे घर भएका शेर्पा जापानमा ट्रेकिङ गाइडकै रुपमा काम गर्थे । उनीहरुको टोली मार्च ३० मा आरोहणमा गएको थियो । मार्च ३१ मा फर्किने क्रममा मध्याहन्न १२ बजेतिर दूघर्टना भएको थियो । शेर्पाको मृत्यु ठ्याक्कै कति बेला भयो भनेर एकिन नभएको बताइएको छ ।

शेर्पाको शब भने अप्रिल ५ मा मात्रै हिमालबाट उद्धार गरेर ल्याइएको थियो । प्रतिकूल मौसमका कारण हेलिकप्टरबाट उद्धार हुन नसकेपछि १५ जनाको टोली पठाएर उद्धार गरिएको थियो । मृतक शेर्पा शेर्पा संघ जापानको सल्लाहकार समेत थिए ।

शेर्पा झन्डै २ दशकदेखि जापान बस्दै आएका थिए । उनको साथमा श्रीमती अनि ११ वर्ष र ५ वर्षका छोराहरुसँगै बस्ने गरेको बताइएको छ । शेर्पाको अप्रिल १० मा जापानमा नै अन्तिम दाहसंस्कार गरिने भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्