सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आयातित तरकारीको विषादी परिक्षण गर्ने निर्णय

सरकारले विदेशबाट आयात गरेको तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको आज बसेको बैठकले मूलुकबाहिरबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय बारे जानकारी दिँदै एक मन्त्रीले भने,‘सरकारले बाहिरबाट ल्याएको तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय भएको समाचारहरु आइरहेका थिए । त्यो सत्य थिएन,’ एक मन्त्रीले भने,‘बाहिरबाट आएको तरकारीमा विषादी परीक्षण गर्ने सरकारले निर्णय गरेको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्