सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको फुकुओकामा नेपाली विद्यार्थी वेपत्ता

जापानमा एक नेपाली चेली बेपत्ता भएको झन्डै एक महिना हुन लागिसक्यो अहिलेसम्म उनको अत्तोपत्तो लागेको छैन । यस्तैमा अर्का एक जना नेपाली पनि बेपत्ता भएको खबर आएको छ ।

जापानको फुकुओकास्थित,जीएजी निहोङगो गाकुईनमा अध्ययनत दोलखा जिल्ला स्थायी घर भएका २३ वर्षका अनुप खड्का सोमबार बिहानदेखि सम्पर्क बिहिन भएका छन् । साथीभाइ तथा पविारसँग खड्का सम्पर्क बिहिन भएपछि उनको खोजीकार्य शुरु भएको छ । अनुप सोमबारदेखि बेपत्ता भएको फुकुओकामै बस्ने उनको ठलो बुबाको छोरा रवन खड्काले बताएका छन् ।

आफूलाई पैसाको निकै समस्या भएको भन्दै उनले हालैका दिनमा आफूलाई म्यासेजहरु पठाउने गरेको खड्काका दाजुले बताएका छन् । दाजुभाईबीच गएको आईतबार दिउँसो कुराकानी हुँदा पनि यस्तै खालको गफ भएको अनि आफ्नो समस्या अरुले नबुझेको गुनासो अनुपले गरेको खुलेको छ ।

अनुपले भाषा विद्यालयमा काम गर्ने एक नेपाली शिक्षकलाई पनि आफू एप्सको ठगीमा परेर सबै पैसा गुमाएको बताएका थिए । पछिल्लो समय उनलाई विद्यालयको शुल्क तिर्न समेत समस्या भएको बुझिएको छ । माथि तस्विरमा देखिएको व्यक्तिलाई तपाईले कतै देख्नु भयो भने रवन खड्काको मोबाइल नम्बर 070 7657 4194 मा सम्पर्क गरेर जानकारी दिनु होला ।

जापानको ओसाकाबाट मार्च १७ देखि चितवनकी आरती खनाल बेपत्ता भएकी थिइन् । उनी पनि अहिलेसम्म फेला परेकी छैनन् । उनको पनि तीव्र गतिमा खोजी भइरहेको छ । तर अहिलेसम्म उनको पनि कुनै अत्तोपत्तो लागेको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्