सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बम बिस्फोटबाट भाग्यले बाँचेका प्रधानमन्त्री किशिदा

वाकायामा प्रिफेक्चरमा अप्रिल १५ मा चुनावी प्रचार प्रसार कार्यक्रममा सहभागी हुने क्रममा जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई लक्षित गरेर प्रहार गरिएको पाइप बम निकै शक्तिशाली भएको अनुसन्धानले देखाएको छ । प्रधानमन्त्री किशिदालाई लक्षित गरेर गरिएको सो बम प्रहारमा प्रधानमन्त्री र अन्य कसैलाई पनि चोट लागेन ।

तर सो विष्फोटक पदार्थ प्रधानमन्त्री किशिदा नजिकै विष्फोट भएको भए उनी गम्भीर घाइते हुन सक्ने वा मानिसहरुको मृत्यु नै हुन सक्ने गरी शक्तिशाली भएको विश्लेषण गरिएको छ । प्रधानमन्त्री किशिदा रहेको स्थानभन्दा करीब ६० मिटरको दूरीमा अर्को बम पनि विष्फोट भएको थियो । सो बमले पड्किएको स्थानमा पुर्याएको क्षति हेर्दा किशिदा केही समय र दुरीले मात्रै बाँच्न सकेको आकलन गरिएको छ ।

Japanese priminister fumio kishida

पाइप बमको ढक्कनको भाग करिब २ मिटर अग्लो कन्टेनरको भित्तामा गाडिएको थियो । बम विस्फोट भएर छरपस्ट भएर बमको ढक्कन त्यहाँ गएर गाडिएको अनुमान गरिएको छ । अनुसन्धानका क्रममा विस्फोट भएको पाइपको मुख्य एक टुक्रा घटनास्थलबाट करिब ४० मिटर टाढा गोदाम नजिकै भेटिएको थियो । त्यति टाढासम्म पुग्ने टुक्राले कुनै जिवित वस्तुमा लागेको भए उसको ठहरै मृत्यु हुन सक्थ्यो भन्दै स्थानीय सञ्चार माध्यमहरुले समाचार प्रकाशन/प्रसारण गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS