सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा एडिबिले लगानी गर्यो ४ खर्ब २० अर्ब

एसियाली विकास बैंक (एडीबी) ले नेपालको भौतिक पूर्वाधारलगायत क्षेत्रमा करिब ४ खर्ब २० अर्ब (३.२ बिलियन अमेरिकी डलर) रुपैयाँ बराबरको लगानी गरेको जनाएको छ । सन् २०२२ सम्ममा एडीबीले ऊर्जा, यातायात, कृषि, खानेपानी, सहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायत क्षेत्रमा त्यस्तो लगानी गरेको हो ।

नेपालमा सञ्चालित परियोजनाका क्षेत्र तथा कार्यसम्पादनसम्बन्धी बैठक (कन्ट्री पोर्टफोलियो) बारे जानकारी दिन आयोजित दुईदिने छलफलमा अर्थ मन्त्रालयले एडीबीका परियोजना कार्यान्वयन सुधार र समस्यालाई सक्रिय रूपमा सम्बोधन गरिरहे पनि विशेष ध्यान दिनुपर्नेमा एडीबीका महानिर्देशक केनिची योकोयामाले बताए । एडीबीका परियोजना कार्यान्वयनमा विशेष ध्यान दिए वार्षिक करिब ४५.९७ अर्बदेखि ५९.११ अर्ब (३५०–४५० मिलियन डलर) प्राप्त गर्न सकिने उनको भनाइ छ ।

परियोजना कार्यान्वयन र वितरणसम्बन्धी चुनौतीको निरुपण गर्न र विकासप्रति जनताको चाहनालाई सम्बोधन गर्न पुँजीगत खर्चमा सुधार गर्न सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री प्रकाशशरण महतले बताए । उक्त अवसरमा एडीबीको सहयोगमा सञ्चालित आयोजनालाई पुरस्कार प्रदान गरिएको थियो । सहरी खानेपानी तथा सरसफाइ आयोजना, वाग्मती नदी बेसिन सुधार, ग्रामीण उद्यम वित्तीय आयोजना र विद्युत् प्रसारण तथा वितरण दक्षता अभिवृद्धि आयोजनालगायतले उक्त पुरस्कार पाए ।

प्रभावकारी रुपमा परियोजना कार्यान्वयनमा ध्यान दिँदै समावेशीकरण, वातावरणीय तथा सामाजिक सुरक्षा अनुगमनमा समेत सरकार केन्द्रित रहेको राजस्व सचिव रामप्रसाद घिमिरेले बताए । अर्थमन्त्री प्रकाशशरण महतको अध्यक्षतामा सुरु भएको परियोजनाका क्षेत्र तथा कार्यसम्पादनसम्बन्धी छलफलमा नेपाल सरकारका सचिव, वरिष्ठ अधिकारी, आयोजना निर्देशक र एडीबीका नेपाल आवासीय नियोगका कर्मचारीको सहभागिता छ ।

एडीबीले नेपालको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा करिब ३.२ बिलियन अमेरिकी डलर बराबर लगानी गरेको जानकारी दिएको छ । सन् २०२२ सम्ममा बैंकले ऊर्जा, यातायात, कृषि, खानेपानी, सहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायत क्षेत्रमा त्यस्तो लगानी गरेको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्