सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको जेलमा १५ जना नेपाली कैदिबन्दी

मानव अधिकार आयोगले सार्वजनिक गरेको एउटा प्रतिवेदन अनुसार एक हजार ३० जना नेपालीहरु विदेशी जेलमा थुनिएर बसेका छन् । सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांक अनुसार जापानमा मात्रै १५ जना नेपालीहरु जेलमा थुनिएका छन् ।

प्रतिवेदनमा उनीहरु के कस्ता कसुर वा अपराधमा जेल परेको भन्ने चाँहि खुलाइएको छैन । पछिल्लो समय जापानमा नेपालीहरुको मृत्युका घटनाहरु धेरै नै बाहिरिन थालेका छन् । रोग वा आकस्मिक कारणले भन्दा पनि मृत्युको मुख्य कारण आत्महत्या देखा परेको छ ।

सबैभन्दा धेरै नेपालीले कारावास भोगिरहेको देश भने संयुक्त अरब इमिरेट्स (यूएई) हो । त्यहाँ २६० जना नेपाली जेल जीवन बिताइरहेका छन् । त्यसपछी दोस्रो धेरै मलेशियामा २२३ जना नेपालीहरु जेलमा छन् । कुवेतको जेलमा १६८ जना, साउदी अरबमा १५३ जना र हङकङमा ८८ जना नेपाली जेलमा भएको प्रतिवेदनले देखाएको छ ।

Thunuwa kaidi bhage

हालैका वर्षमा विदेशिने नेपालीहरुको संख्या बर्षेनी बढ्दो छ । जागिर, अध्ययन, व्यवसाय लगायत बिभिन्न कारणले गर्दा बर्षेनी ठूलो संख्यामा नेपाली विदेश गइरहेका छन् । नेपालीहरु विदेशिने क्रम बढेसँगै रेमिट्यान्सको रुपमा देशभित्र अर्बौ रुपया आइरहेको छ ।

यसैले अर्थतन्त्रलाई चलायमान पनि बनाइरहेको छ । तर विदेशिनको संख्या बढेसँगै विदेशी जेलमा थुनिएर बसेका नेपालीहरुको संख्या पनि बढ्दो छ । विदेशमा जीवन गुमाएर काठको बाकसमा फर्किने वा विदेशमै अन्तिम संस्कार भएका नेपालीहरुको संख्या पनि बढेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्