जापानी पत्रकारको क्यामेरा मारिएको १६ बर्षपछी फिर्ता
जब जापानी पत्रकार केन्जी नागाईलाई म्यानमार सेनाले सन् २००७ मा सेना विरोधी प्रदर्शनहरू कभर गर्ने क्रममा गोली हानेको थियो, उनको मृत्युसंगै उनको भिडियो क्यामेरा पनि गायब भयो, उनले खिचेका अन्तिम छविहरू सहित ।
१६ वर्ष पछी बुधबार म्यानमार बाहिरको एक गोप्य यात्रा पछि, क्यामेरा र क्यामेरामा भएका सामग्री उनको परिवारलाई फिर्ता गरियो । जसले परिवारलाई आशा पलाएको छ कि, क्यामेरामा कैद भएका फुटेजमा पत्रकार नागाईको जीवनको अन्तिम क्षणहरूबारे केही सुराग भेटिनेछ ।
पत्रकार नागाई एपिएफ न्युजका लागी म्यानमारमा भिक्षुहरूको नेतृत्वमा तत्कालीन जुन्ता सरकार विरुद्ध भएको प्रदर्शनको कभर गर्न म्यानमार गएका थिए । एपीएफ न्यूज टोकियो केन्द्रित एउटा सानो न्युज एजेन्सी हो । जसले खतरापुर्ण क्षेत्रका रिपोर्टहरूमा विशेषज्ञता दिने गर्दछ ।
सेप्टेम्बर २७, २००७ मा सेनाहरूले याङ्गुनको प्रसिद्ध सुले प्यागोडा नजिक प्रदर्शनकारीहरूमाथि गोली चलाउँदा उनको मृत्यु भएको थियो, जसले सैनिक जनरलहरूको क्रूर दमनबारे नयाँ अन्तर्राष्ट्रिय ध्यान ल्याएको थियो ।
पत्रकार नागाई क्यामेरा समाएर सडकमा लडिरहेको, खुट्टामा चप्पल लगाएको सैनिक पोषाकमा पत्रकार नागाईतर्फ बन्दुक तेर्स्याएर उभिएको सैनिक, जुन तस्विरले सन् २००८ मा पुलित्जर पुरस्कार जितेको थियो ।
नागाईकी बहिनी नोरिको ओगावाले बुधवार आफ्नो भाइको क्यामेरा प्राप्त गर्न पाउँदा आफू “रोमाञ्चित र आनन्दले भरिएको“ बताइन् ।
म्यानमारका अधिकारीहरुले पत्रकार नागाईको क्यामेरा फिर्ता गर्न गरेको अनुरोधलाई अस्विकार गरेपछी उनकी बहिनि नोरीले दाईको क्यामेरामा भएको फुटेज हेर्ने आशा छोडेकी थिइन् ।
“मलाई लाग्छ कि मेरो भाइ पनि यो दिन पर्खिरहेको थियो, नोरीले भनिन्–“म क्यामेरालाई उसको चिहानमा ल्याउन चाहन्छु ।“
नागाईको मृत्युको सम्बन्धमा कसैलाई पनि आरोप लगाइएको छैन र म्यानमारका अधिकारीहरूले हत्यालाई “दुर्घटना“ भएको दाबी गरेका छन् ।
तर जापानमा गरिएको एक पोस्टमार्टमले देखाएको छ कि नागाईलाई सम्भवतः एक मिटर नजिकबाट गोली हानेको थियो ।
नागाईको क्यामेराबाट प्राप्त फुटेज बुधबार पहिलो पटक थाइल्याण्डको बैंककस्थित विदेशी संवाददाता क्लबमा मिडियालाई देखाइएको थियो ।
फुटेजमा प्रदर्शनकारीहरूको ठूलो भीड गित गाउँदै डाउनटाउन याङ्गुनमा राईफल र दंगा नियन्त्रणका ढाल बोकेका सिपाहीहरुको शान्तिपुर्ण सामना गरीरहेको देखाउँदछ । आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसीको मयूर चिन्ह बोकेका केही झण्डा फहराउँछन् ।
प्रदर्शनकारीहरू भगवा लुगा लगाएका भिक्षुहरूको लाइन अगाडि झुकेका छन् र एउटा सानो बच्चा भीडबाट प्रयोग गरिएको प्लास्टिकको पानीका बोतलहरू सङ्कलन गरिरहेको देखिन्छ । सेनाले भरिएको हरियो सेनाको ट्रकको प्रदर्शनकारीहरूतर्फ आउँछ र प्रदर्शनकारीहरुको भिडबाट हाँसेको र रोएको आवाज सुनिन्छ ।
नागाइले क्यामेरा आफुतर्फ घुमाउँछन र सेनाका ट्रकहरूलाई देखाउँछन ।
फुटेजमा उनको अन्तिम शब्दहरू छन्ः ‘सेना भर्खरै आएको छ । सेना त्यहाँ छ । तिनीहरू भारी हतियारले सुसज्जित छन् ।’
क्यामेरा म्यानमार समाचार आउटलेट डेमोक्रेटिक भ्वाइस अफ बर्माका पत्रकारहरूले लिएका थिए ।
यसका प्रमुख सम्पादक आय चान नाइङले उनीहरूले कसरी क्यामेरा प्राप्त गरे भन्ने बारे विस्तृतमा जान नसक्ने बताएका छन् । सैन्य शासनको अधीनमा रहेको म्यानमारमा स्रोतबारे बताउन नसकिने सम्पादक आय चानले बताएका छन् ।
हामीले ‘यो एक असल नागरिकबाट पायौं जसलाई के सही र के गलत हो भनेर थाहा छ’, उनले भने ।
आउटलेटले २०२१ मा सेनाको पछिल्लो विद्रोह अघि क्यामेरा प्राप्त ग¥यो जसले देशलाई अशान्तिमा डुबाएको छ ।
त्यसयता कम्तिमा १७० पत्रकारहरूलाई असहमति विरुद्ध जुन्टाको दमनमा गिरफ्तार गरिएको छ, संयुक्त राष्ट्रसंघका अनुसार, दर्जनौं स्वतन्त्र मिडिया आउटलेटहरू र DVB प्रतिबन्धित छन् ।
तिनीहरूमा जापानी पत्रकार तोरु कुबोटा पनि पर्छन् जसले गत वर्ष याङ्गुनमा सरकार विरोधी ¥याली नजिकै हिरासतमा परेपछि साढे तीन महिना जेलमा बिताएका थिए ।
ओगावाले आफ्नो भाइको हत्या दुर्घटना भएको म्यानमारको सेनाको दाबीको बिरूद्ध ‘प्रमाण’ को रूपमा जापानका अधिकारीहरूलाई फुटेज पेश गर्ने बताइन् ।
“हामी म्यानमारको सरकारले सत्य प्रकट गर्न माग गरिरहनेछौं । यस समयमा, म विश्वले फेरि म्यानमारमा ध्यान केन्द्रित गरोस् भन्ने चाहन्छु” उनले भनिन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्