बजेट अधिवेशन बैशाख २४ गते गर्न सिफारिस
सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

यो अधिवेशनमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुने छ ।
संसद्को हिउँदे अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्