सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको ओशाकामा नेपाली महिलाको शव फेला

जापानको ओशाकामा एक नेपाली ‘महिला’को शव समुद्रमा फेला परेको छ । जापान प्रहरीले दिएको जानकारी भन्दै गैरआवासीय नेपाली संघ जापानकी उपाध्यक्ष सङ्गिता अधिकारी सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा यसबारेमा अस्पष्ट खबर लेखेकी छिन् ।

घटना बारेमा जापान प्रहरीले हालसम्म एक मृतक महिलाको शव भेटेको र मृतक महिला नेपाली भएको मात्रै खुलाएको छ । यो समाचार तयार पार्दासम्म मृतकको सनाखत हुन सकेको छैन ।

समुन्द्रमा फेला परेको शवको साथमा उनको मोबाइल फोन र व्यक्तिगत पहिचान गर्ने लुगा समेत फेला परेको बताइएको छ । चिन्न नसकिने अवस्थामा फेला परेको शव केही समयअघि ओशाकाबाटै हराईरहेकी आरती खनालको भएको आशंका गरिएको छ । तर आधिकारीक रुपमा यसको पुष्टि हुन भने बाँकी छ ।

शवसँगै फेला परेका वस्तुबाट प्रहरीले शवको आंशिक पहिचान गरे पनि आधिकारिक रुपमा डिएनए परीक्षणपछि मात्रै भन्न सकिने बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्