सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको माई नम्बरमा डाटा लिकको समस्या

जापानले सरकारी सेवा सुविधालाई छिटो छरितो र सहज बनाउन भन्दै लागु गरेको माई नम्बर प्रणालीमा समस्या देखिएको छ । माई नम्बर कार्ड प्रयोग गरी कन्भिनियन्स स्टोर तथा अस्पतालहरुमा सेवा प्रयोग गर्दा ७ हजार भन्दा बढी व्यक्तिको माई नम्बरमा अर्कैको विवरण समावेश भएको फेला परेको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री खाचुनोबु खातोउले अस्पत्तालहरुमा माई नम्बर कार्डसँग एकीकृत स्वास्थ्य बीमा कार्ड प्रयोग गर्दा अरु नै व्यक्तिको जानकारीहरु लिंक भएको भेटिएको बताएका छन् ।

माई नम्बर कार्डको सम्बन्धमा कन्भिनियन्स स्टोरहरुबाट आवासिय प्रमाणपत्र (ज्युमिन्हो) वा परिवार दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गर्ने सेवा लिँदा अर्को व्यक्तिको प्रमाणपत्र जारी हुने समस्या भएको छ । यसबारे सरकारले सञ्चालन कम्पनीलाई तुरुन्त समस्या समाधानको लागि अनुरोध गरेको छ । तर यससंगै इन्सुरेन्स कार्डहरुमा पनि समस्या देखिएको हो ।

जापान सरकारले बडो महत्वकांक्षाका साथ सुरु गरेको माई नम्बर कार्डको एकिकृत सेवा संचालनको सुरुवात देखिनै समस्याहरु बढ्न थालेपछि मानिसहरुमा प्रयोग गर्ने ÷नगर्ने भन्ने बारे थप अन्यौलता सिर्जना भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्