सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा बालबालिका बेपत्ता हुने घटनामा बृद्धि

जापानमा बालबालिकाहरु हुर्काउँदै गर्नुभएका तथा स्कुल पठाउने गर्नुभएका नेपाली अभिभावकहरु सतर्क रहनुहोला । पछिल्ला वर्षहरुमा जापानमा बालबालिकाहरु बेपत्ता हुने घटनाहरु अत्यन्तै तीब्र रुपमा बढिरहेको छ ।

जापानको सरकारी सञ्चार माध्यम एनएचकेको एक रिपोर्ट अनुसार एक वर्षको अवधीमा १ हजार जनाभन्दा बढी बालबालिका बेपत्ता भएको तथ्यांकले देखाएको छ । यसरी बेपत्ता भएकाहरुको प्रहरीले गम्भिर रुपमा खोजि गरेको बताए पनि हालसम्म उनीहरुको कुनै अत्तोपत्तो पाउन नसकेको अवस्था छ ।

हराउने÷बेपत्ता हुने घटना मात्रै नभई स्कुल जाँदै गर्दा बाटोमै धारिलो हतियार प्रहार लगायतका आक्रमणका घटनाहरुमा पनि पछिल्लो समय बृद्धि भईरहेको तथ्यांकहरुबाट देखिएको छ ।

बालबालिकाहरु हराउने र आक्रमण हुने घटनाहरु बढ्दै गएपछी सरकारले उच्च सतर्कताका साथ सुरक्षाका उपायहरु अपनाउन देशव्यापी रुपमा आग्रह गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्