सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको तोचिगीसीमा महाजात्रा प्रर्दशन हुँदै

जापानको तोचिगीसीमा नेपाली कथानक चलचित्र महाजात्रा प्रर्दशन हुने भएको छ । प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र महाजात्रा तोचिगीसीमा गोल्डेन वीक विदाको अवसर पारी यही मे ४ तारिख शनिवारका दिन प्रर्दशन हुने भएको हो ।

तोचिगी स्टेशनबाट नजिकै रहेको एशिएन लामा रेष्टुरेन्ट एण्ड बारमा प्रर्दशन हुन लागेको चलचित्रलाई तोचिगीसीमा एनआरएनका उपाध्यक्ष सोनाम लामा, सदस्य तथा सोही रेष्टुरेन्टका सञ्चालक राम तामाङ र तमुधीं तोचिगी–ईवाराकी–गुन्माका अध्यक्ष बिराज गुरुङले समहकार्यमा प्रदर्शन गर्न लागेका हुन् ।

चलचित्र महाजात्रा तोचिगीसीको मुरोमाचीमा रहेको एशियन लामा रेष्टुरेन्टमा साँझ ५ः३० बजेबाट प्रर्दशन हुने भएको छ । चलचित्र प्रदर्शनको जिम्मा लिएका मध्येका एक राम तामाङले चलचित्र हेर्न आउन तोचिगी आसपास बस्ने सबै नेपालीलाई आग्रह गरेका छन् ।

mahajatra movie

चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रबिन्द्र सिंह बानिया, रबिन्द्र झा, बर्षा राउत, राजाराम पौडेल, अर्जुनजंग शाही, शिशिर बाङदेल, मोहन निरौला, पुस्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, रजनी गुरुङ, सुमन कार्की लगायतको अभिनय रहेको छ ।

चलचित्रमा आशिष अविरलले संगित दिएका छन् । म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल चलचित्र महाजात्राका निर्माता रहेका छन् । चलचित्रलाई मित्र गुरुङले सम्पादन गरेका हुन । यो चलचित्र हास्य विद्यामा आधारीत छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्