जापानमा एक नेपालीको असामयीक निधन
जापानको तोचिगिसीमा बस्दै आएका एक नेपालीको असामयिक निधन भएको छ । नेपालमा इटहरीको विराटचोक घर भई हाल तोचिगीसीको आसाहिचोमा श्रीमती र छोरी सहित बस्दै आएका शेर बहादुर कार्कीको राति सुतिरहेको अवस्थामा निधन भएको हो ।
जुन २१ तारिख शुक्रबार साँझ खाना खाएर सकुसल सुतेका कार्की शनिवार बिहान काममा जान मोवाईलको अर्लाम बज्दा पनि नउठेपछी श्रीमती उठाउन जाँदा कुनै प्रतिक्रिया नजनाएपछी तत्काल एम्बुलेन्सलाई बोलाएकोमा स्वास्थ्यकर्मीले कार्की जिवित रहेको कुनै संकेत नभएको बताएका थिए ।

स्वास्थ्यकर्मीले कार्की जिवित नरहेको घोषणा गरेपछी प्रहरीले आवस्यक अनुसन्धान गरी शवलाई पोष्टमार्टमका लागी अस्पताल लगेको थियो । पोष्टमार्टम रिपोर्ट अनुसार कार्कीको मृत्यु हृदयघातका कारण भएको उल्लेख गरिएको छ । हाल उनको सव तोचिगीसीको प्रहरी कार्यालयमा राखिएको छ ।

परिवार र श्रीमतीले मृतक कार्कीको शव नेपाल पठाउने चाहाना राखेको र आर्थिक अवस्था कमजोर भएकाले मृतक कार्कीको श्रीमती कल्पना थापा (कार्की)ले आर्थिक सहयोगका लागी जापानवासी सबै नेपाली र बिभिन्न संघसंस्था तथा नेपाली दुतावाससंग सार्वजनिक रुपमा आग्रह गरेकी छिन् ।
नेपालमा मृतक कार्कीकी बृद्ध आमाले कान्छो छोराको मुख हेर्ने अन्तिम ईच्छा प्रकट गरेको परिवार स्रोतले बताएको छ । मृतक कार्की श्रीमतीको डिपेन्डेन्ट भिसामा थिए । मृतक कार्की साढे २ बर्षको छोरी र श्रीमतीसंगै जापानमा बस्दै आएका थिए ।
सहयोगका लागीः–
कल्पना थापा – タパ カルパナ
खाता नम्बर: 14050-49819131
जेपि बैंक बाहेकका बैंकबाट पैसा पठाउनु परेमा सितेन बांगो (Branch Code): 408
फेसबुकबाट कमेन्ट गर्नुहोस्