सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

भारतबाट साढे ७० करोडको आँप र अम्बा आयात

नेपालले गत आर्थिक वर्ष २०८१/८२ मा ७० करोड रुपैयाँभन्दा बढीको आँप र अम्बा आयात गरेको छ । गएको एक वर्षमै ७० करोड ७३ लाख ५३ हजार रुपैयाँ बराबरको आँप र अम्बा नेपाल भित्रिएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आव ६४ करोड २७ लाख ५८ हजार रुपैयाँको ९६ लाख ५४ हजार २ सय ९२ किलो आँप आयात भएको हो ।

उक्त परिमाणमा आँप आयात हुँदा भन्सार विभागले १५ करोड ५९ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै गत वर्ष ६ करोड ४५ लाख ९५ हजार रुपैयाँको अम्बा आयात भएको छ । एक वर्ष अवधिमा १२ लाख ९३ हजार ३ सय ८९ किलो अम्बा आयात भएको तथ्यांकमा उल्लेख छ ।

यस्तै उक्त परिमाणमा अम्बा आयात हुँदा १ करोड ५७ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । दुखको कुरा यता नेपाली आँप, अम्बा लगायतका फलफुल भने बजार नपाएर बारिमै खेर जाने गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS