सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

न्युनतम पारिश्रमिक ६३ येनले बढाउँदै जापान

जापानमा चालु आर्थीक बर्षमा हालको न्युनतम पारिश्रमिकमा ६३ येनले बृद्धी हुने भएको छ । जापानको श्रम मन्त्रालयको परामर्श समितिले चालु आर्थिक वर्षको लागि न्यूनतम पारिश्रमिक प्रतिघण्टा ६३ येनले बढाउन सरकारलाई सिफारिस गरेको हो ।

जापानमा हाल सिफारिस गरिएको तलव वृद्धि अहिलेसम्मकै सबैभन्दा उच्च हो । परामर्श समितिले प्रस्ताव गरेको तलव बृद्धीपछी जापानको औसत न्यूनतम ज्याला १११८ येन पुग्नेछ । यो पारिश्रमिक बृद्धी भएपछी जापानका ४७ ओटै प्रिफेक्चरको न्यूनतम ज्याला पहिलोपटक १,००० येन नाघ्ने छ ।

परामर्श समितिको निर्णय अनुसार टोकियो, ओसाका, आइचीलगायत ए श्रेणीका ६ प्रिफेक्चर, होक्काइदो, ह्योगो, फुकुओकालगायतका बी श्रेणीका २८ प्रिफेक्चर, तथा आओमोरी, कोचि र ओकिनावा लगायत सि श्रेणीका १३ प्रिफेक्चरहरुमा ६३ देखि ६४ येनसम्म वृद्धि गरिनेछ । सि श्रेणीका प्रिफेक्चरहरुमा अरु प्रिफेक्चर भन्दा १ येन बढी तलब बढाईनेछ ।

salary in japan

जापानको तलव बृद्धीका लागी गरिएको यो सिफारिससंगै २०२१ देखि लगातार पाँचौं बर्ष न्यूनतम पारिश्रमिकमा ऐतिहासिक वृद्धि भइरहेको छ । सन् २०२३ मा औसत ज्याला पहिलोपटक १००० येनबाट बढेर १०५५ येन पुगेको थियो । यस वर्ष प्रस्तावित ६३ येन वृद्धिसँगै न्युनतम पारिश्रमिक १११८ येन पुग्नेछ ।

प्रधानमन्त्री इशिबाले सरकारको “२०३० अघि नै न्यूनतम ज्याला १,५०० येन पु¥याउने लक्ष्य” अनुसार गरिएको यो निर्णयलाई स्वागत गरेका छन् । उनले भनेका छन्–‘पारिश्रमिक वृद्धिकै कारण अर्थतन्त्र चलायमान हुने, व्यवसाय बढ्ने र कामदारले उचित ज्याला पाउने सकारात्मक चक्र निर्माण हुन्छ ।’

साना तथा मझौला उद्योगहरूमा पर्न सक्ने प्रभावबारे उनले इशिबाले भनेका छन्–‘सरकारले तलब वृद्धि र व्यवस्थापन सुधारका लागि पूर्ण सहयोग गर्नेछ । यदि कुनै प्रिफेक्चरले केन्द्रको मापदण्डभन्दा बढी ज्याला तोक्न चाहेमा विशेष सहयोग पनि प्रदान गरिनेछ ।”

सिफारिस गरिएको न्युनतम पारिश्रमिक बृद्धी गर्ने प्रस्ताव अब सबै प्रिफ्क्चरका स्थानीय श्रम समितिहरूमा छलफल गरेपछि अन्तिम दर तोकिनेछ । प्रस्तावित न्युनतम पारिश्रमिक बृद्धीको कार्यान्वयन सन् २०२५ को अक्टोबरदेखि हुनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS