सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

पसुपतिबाट दुईजना पक्राउ गरी छानबिन

काठमाडौं महानगरपालिका–८ स्थित पशुपति आर्यघाटमा शव दाह संस्कार स्थलबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे मन्डनदेउपुर ५ का ६९ वर्षीय गणेशप्रसाद ढकाल र उदयपुर कटारी ८ का २४ वर्षीय विनायक मैनाली रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार गत शुक्रबार दिउँसो २ नम्बर चितामा शव जलाउने क्रममा शवबाट हड्डी निकालेर अन्य उद्देश्यका लागि लैजान बट्टामा राखेको भन्ने विषयमा विवाद उत्पन्न भई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता चन्दले जानकारी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS