सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जापानको शाही परिवार नागासाकी भ्रमण गर्ने

सम्राट नारुहितो, सम्राज्ञी मासाको र उनीहरूको छोरी राजकुमारी आइकोले अर्को महिना नागासाकीको भ्रमण गर्ने जापानका बिभिन्न सञ्चारमाध्यमले समाचार प्रकासन गरेका छन् । समाचारमा उल्लेख गरिए अनुसार दोस्रो विश्वयुद्धको समाप्तिको ८०औँ वार्षिकोत्सवको अवसरमा युद्धका मृतकहरूलाई सम्मान प्रकट गर्ने यात्राहरूको अन्तिम भागको रूपमा यो भ्रमण गरिने जापानको शाही दरबार एजेन्सीले मङ्गलबार जनाएको छ।

यो भ्रमण सेप्टेम्बर १२ बाट सुरु हुनेछ। सम्राट बनेपछि सम्राट नारुहितोको यो पहिलो नागासाकी भ्रमण हुनेछ भने २३ वर्षीया राजकुमारी आइकोको यो पहिलोपटक नागासाकी जाने हो।

शाही परिवारले नागासाकी पीस पार्कको ग्राउन्ड जीरोमा रहेको परमाणु बम पीडितहरूको स्मारकमा फूल अर्पण गर्नेछ र त्यहाँस्थित नागासाकी परमाणु बम संग्रहालयको भ्रमण गर्नेछ।

Japan Royal Family
In this photo provided by the Imperial Household Agency of Japan, Japan’s Emperor Naruhito, Empress Masako, left, and their daughter Princess Aiko pose during a family photo session for New Year at the Imperial Palace in Tokyo on Dec. 23, 2023. (Imperial Household Agency of Japan via AP)

उनीहरूले परमाणु बम आक्रमणका पीडितहरू तथा तिनका अनुभव सुनाउने व्यक्तिहरूसँग भेटघाट गर्नेछन्। साथै, बम आक्रमणका पीडितहरूको लागि सञ्चालन गरिएको एक वृद्धाश्रमका बासिन्दाहरूसँग पनि भेट गर्ने कार्यक्रम छ।

सम्राट नारुहितोले अन्तिमपटक सन् २००९ मा क्राउन प्रिन्सको रूपमा त्यहाँ फूल अर्पण गरेका थिए। सम्राज्ञी मासाकोले भने १९९६ मा उनीसँगै त्यहाँ फूल अर्पण गरेकी थिइन्।

यसअघि, अप्रिलमा सम्राट र सम्राज्ञीले प्रशान्त महासागरमा अमेरिकासँग भएको भीषण युद्ध स्थल इवोटो टापुको भ्रमण गरेका थिए, जसलाई पहिले इवोजिमा भनेर चिनिन्थ्यो।

जुन महिनामा तिनीहरूले जमिन युद्ध भएको ओकिनावा टापु र हिरोशिमास्थित परमाणु बम पीडितहरूलाई पनि श्रद्धाञ्जली अर्पण गरेका थिए।

राजकुमारी आइको सेप्टेम्बर १३ मा टोकियो फर्किनेछिन् भने सम्राट दम्पतीले नागासाकीबाट नागासाकी प्रान्तमै पर्ने सासेबो प्रस्थान गरी त्यहाँ हुने राष्ट्रिय सांस्कृतिक महोत्सवको उद्घाटन समारोहमा भाग लिनेछन्, शाही दरबार एजेन्सीले जनाएको छ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS