सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अफगानिस्तानमा भुकम्प, २५० जनाको मृत्यु

अफगानिस्तानमा आइतबार मध्यराति आएको भूकम्पमा परी यो समाचार तयार पार्दासम्म २५० जना भन्दा बढीको मृत्यु भएको छ । उद्दार तथा विवरण संकलन कार्य भईरहेकोले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने बताइएको छ ।

पाकिस्तानको सीमा नजिकै अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयानुसार राति ११ः४७ बजे ६.० रेक्टर स्केलको भुकम्प गएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

भूकम्पमा ५०० भन्दा बढी घाइते भएको र घाईतेको उपचार भइरहेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

घाइतेहरुलाई नांगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको छ । उक्त भूकम्पको झड्का पाकिस्तानको इस्लामावाद र एवटावादसम्म महशुस गरिएको थियो ।

पहिलो झड्कापछि लगातार अन्य पराकम्पहरु पनि आएका थिए । जसमा ४.७, ४.३ र ५ म्याग्निच्यूडका पराकम्पहरु महशुस गरिएको थियो ।

अफगानिस्तानमै सन् २०२३ अक्टुबर ७ मा आएको विनाशकारी भूकम्पमा परी ४ हजार मानिस मारिएका थिए । संयुक्त राष्ट्रसंघले भने १५ सय मारिएको पुष्टि गरेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS