सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास सुरु

नेपाल र चीनबीच आज संयुक्त सैन्य अभ्यास सुरु हुँदैछ । नेपाली र चिनियाँ सेना बीचको संयुक्त सैन्य अभ्यासको यो पाँचौं संस्करण हो ।

यसलाई ‘सगरमाथा मित्रता अभ्यास’ नाम दिइएको छ । अभ्यास १० दिनसम्म काठमाडौंमा हुने छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले यसपटकको सैन्य अभ्यासको क्रममा विपद व्यवस्थापन, मानवीय सहायता लगायत विषयमा ज्ञानको आदानप्रदान हुने जानकारी दिएका छन् ।

Nepal-China

नेपालमा चीनसँगको संयुक्त सैन्य अभ्यास आयोजना गरिएको यो तेस्रोपटक हो । नेपालमा २०७४ साल वैशाखमा पहिलोपटक चीनसँगको संयुक्त सैन्य अभ्यास आयोजना भएको थियो ।

२०७५ सालमा चीनको छेन्दुमा र २०७६ सालमा नेपालमा भएको थियो । त्यसपछि बीचमा कोभिड महामारीका कारण सैन्य अभ्यास आयोजना हुन सकेको थिएन ।

नेपाली सेनाले भारत, अमेरिका लगायतका देशहरुसँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS