सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

१९ बढी जेनजीको मृत्युपछी गृहमन्त्रीको राजीनामा

जेन जी आन्दोलनमा यो समाचार तयार पार्दासम्म १९ जनाको ज्यान गएपछी चौतर्फी दबावका कारण गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिएका छन् ।

सोमबार राजधानी काठमाण्डौ सहित देशभर भएको जेन जीको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा यो समाचार तयार पार्दासम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।

उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।

त्यसअघि उनले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS