सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जेन जी प्रदर्शनको दमनपछी राष्ट्रपतिको चासो

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीको प्रदर्शनमा १९ जनाको ज्यान जाने गरी भएको घट्नाप्रति चासो राख्दै शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न अपिल गरेका छन् ।

राष्ट्रपतिको सचिवालयबाट सोमबार साँझ जारी गरेको प्रेस नोटमा उनले प्रदर्शनका क्रममा मारिकाहरूप्रति दुःख व्यक्त गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ–‘मुलुकको वर्तमान परिस्थितिको बारेमा गम्भिर चिन्ता व्यक्त गर्दै मुलुकभर आज भएको जेन जी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिकहरूको हताहत भएको घटनाले आफू मर्माहत भएको बताउनुभएको छ । उहाँले प्रर्दशनका क्रममा निधन भएका नागरिकका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गर्नुभएको छ !’

Ramchandra Paudel president

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS