प्रधानमन्त्री ओलीको वालकोट निवासमा आगजनी
जेन जी आन्दोलनकारीले वालकोटस्थित प्रधानमन्त्रीको नीजी निवासमा आगजनी गरेका छन् । सम्भावित घटनाको नजर अन्दाज गर्दै वालकोटमा व्यापक प्रहरी परिचालन गरिएको थियो । तर प्रहरी बललाई तोड्दै प्रदर्शनकारीले ओली निवासमा आगजनी गरेका छन् ।
यस अगाडी प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्याँस, लाठी चार्ज र गोली समेत प्रहार गरेको थियो । तर सबै कुराको बेवास्ता गर्दै प्रदर्शनकारी वालकोटतर्फ बढ्न थालेपछी प्रहरीले गोली चलाएको थियो । प्रदर्शनकारी प्रधानमन्त्रीको घरमा आगो लगाउन भनी अगाडी बढेपछी गोली चलेको हो ।
गोली लागेर दुई जना घाइते भएको प्रारम्भिक समाचार प्राप्त भएको छ । घटनाको पुर्ण विवरण आउन बाँकी नै छ । प्रदर्शनकारीको ठुलो समुह त्यसतर्फ अगाडी बढीरहेको छ ।
जेन जी प्रदर्शनकारी बिना डर ज्यानको बाजी थापेर सबै पार्टीका नेताको घर र सम्पती खोजी खोजी जलाउने र भत्काउने अभियानमा अगाडी बढीरहेका छन् ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्