सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

प्रचण्ड पुत्री गंगा दाहालको घरमा आगजनी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालको घरमा आगजनी भएको छ ।

जेनजी युवाहरूको समूहले ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् ।

आगजनीबाट दाहालको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । युवाहरूले घरभित्रै रहेको बीवाईडी गाडीमा समेत आगजनी गरेर नष्ट गरेका छन् ।

सोमबार १९ जनाको मृत्यु र ४०० भन्दा बढी घाइते हुनेगरी प्रहरीले दमन गरेपछि युवाहरू मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनकारीले मंगलबार शीर्ष नेताका घर, पार्टी कार्यालयलाई निशाना बनाएर आगजनी तथा तोडफोड गरिरहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS