सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नेपाली सेनाद्वारा देशभर कर्फ्यू आदेश जारी

जेन जी आन्दोलन नियन्त्रण बाहिर गएर सार्बजनिक तथा नीजी सम्पती तोडफोड ब्यापक भएपछी नेपाली सेनाले देशभर कफ्र्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी गरिएको नेपाली सेनाले जनाएको छ ।

आजका लागि साँझ ५ बजेसम्म कफ्र्यूको समय निर्धारण गरिएको छ । सेनाले जारी गरेको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कफ्र्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी हुने जानकारी गराइएको छ ।

आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट गरिरहेको सेनाले जनाएको छ ।

Nepal Army in duty

व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको सेनाले विज्ञप्तीमा जनाएको छ ।

अपराधजन्य गतिविधि नियन्त्रणको प्रयासहरुमा सहकार्यका लागि सबैलाई नेपाली सेनाले आह्वानसमेत गरेको छ ।

आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोट, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने नेपाली सेनाले चेतावनी दिएको छ ।

निषेधाज्ञा तथा कफ्र्युको दौरान अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु) सञ्चालन हुने छन् । आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न सबैलाई सेनाले अनुरोध गरेको छ ।

यस क्रममा सम्पूर्ण अवकाशप्राप्त सैनिक लगायत सुरक्षाकर्मीहरु, सबै सेवाका राष्ट्रसेवकहरु, सञ्चारकर्मी तथा आम नागरिकहरुमा अफवाहको पछाडि नलागी आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न तथा आधिकारिकतामा मात्र विश्वास गर्न नेपाली सेनाले अनुरोध गरेको छ ।

साथै राष्ट्रिय एकता र सामाजिक सदभावलाई कायम राख्दै जनजीवन सामान्य बनाइराख्ने दायित्वलाई निरन्तरता दिने विश्वास सेनाले लिएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS