डिल्लीबजार कारागारमा कैदीबन्दीद्वारा आगजनी
डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् । आफूहरु पनि बाहिर निस्कन पाउनुपर्ने भन्दै कैदीबन्दीहरुले आगजनी गरेका हुन् ।
कारागारमा आगजनी भएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको कारागार प्रशासक बाबुराम अर्यालले बताएका छन् ।
अहिले कारागारमा आगोको मुस्लो आइरहेको कारागार प्रशासक बाबुराम अर्यालले जानकारी दिएका छन् ।
कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको छ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्