सर्बोच्चमा मुद्दाको सुनुवाई अनिश्चितकालीन स्थगित
सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । आगजनीका कारण सर्वोच्च अदालत पूर्ण रुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
जेन जी युवाको प्रदर्शनको क्रममा मंगलबार सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ । पेसी तोकिएका कागजपत्र, मुद्दाका मिसिल सबै जलेर नस्ट भएपछी मुद्दाको सुनुवाई कार्य अनिस्चित कालका लागी स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारबाट आज बिहान जारी सूचनामा लेखिएको छ, ‘मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको भोलिदेखिका पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।’









फेसबुकबाट कमेन्ट गर्नुहोस्