सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्वास्थ्यमन्त्रीकै परिवारमा कोरोना, मन्त्री क्वारेन्टिनमा

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ । तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् ।

स्वास्थ्यमन्त्रि स्वयंले आफू क्वारेन्टिनमा बसेको पुष्टि गरेका हुन् । मन्त्री ढकालले भने–‘मलाई संक्रमण भएको होइन, परिवारको सदस्यलाई संक्रमण भएपछि म क्वारेन्टिनमा बसेको हुँ ।’ क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेको उनले बताएका छन् ।

Coronavirus test

कोरोना संक्रमितको संख्या बढेसंगै पछिल्लो समय नेपालमा उच्च पदस्त र उनीहरुको परिवारका सदस्यहरुलाई पनि कोरोना संक्रमण देखिने क्रम बढेको छ । आईतबार मात्रै नेपालमा ९८० जनामा कोरोनाको संक्रमण देखा परेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्