सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

एनआरएनए तोचिगीको अधिबेशन मे २९ मा

गैरआवासीय नेपाली संघ जापान, क्षेत्रीय समिति तोचिगीको तेस्रो अधिवेशन मे २९ तारिखमा हुने भएको छ । तोचिगी क्षेत्रीय तदर्थ समितिको मे ९ तारिख आईतबार बसेको बैठकले यही मे २९ तारिखका दिन अधिवेशन गर्ने निर्णय गरेको हो ।

गैर आवासिय नेपाली संघ जापानको राष्ट्रिय समन्वय समितिले मे १५ देखि जुन ३० सम्म सबै क्षेत्रीय समितिलाई अधिबेशन गरिसक्न दिएको निर्देशन अनुसार तोचिगी क्षेत्रीय समितिको अधिबेशन यही मे २९ मा गर्ने निर्णय गरिएको क्षेत्रीय तदर्थ समितिका संयोजक मंदिप क्षेत्रीले जानकारी दिएका छन् ।

नयाँ कार्यसमिति चयनका लागी आयोजना गरिएको अधिबेशनमा सहमति नजुटे जुन १ तारिखका दिन एमआईएस प्रणालीमार्फत अनलाइन भोटिङ् हुने तोचिगी क्षेत्रिय तदर्थ समितिका संयोजक मंदिप क्षेत्रीले बताएका छन् ।

NRNA Japan

तदर्थ समितिका संयोजक क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले ३ सदस्यीय निर्वाचन समिति बनाएको छ । निर्वाचन समितीको संयोजकमा गैर आवासिय नेपाली संघ जापानको तोचिगी क्षेत्रीय समितिका संस्थापक अध्यक्ष सुरेन्द्र श्रेष्ठ रहेका छन् भने व्यवसायी राम रेग्मी र डिबी घिमिरे सदस्य रहेका छन् ।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले तोचिगी क्षेत्रको अधिबेशन अनुगमनका लागी केन्द्रिय कार्यसमितिका क्षेत्रिय सचिव विकास बस्नेत, यूवा संयोजक राम थापा (अनिल) र केन्द्रिय कोषाध्यक्ष कालिका थापालाई जिम्मेवारी सुम्पिएको पनि तदर्थ समिति संयोजक मंदिप क्षेत्रीले बताएका छन् ।

अधिबेशन तयारी सम्बन्धि छलफल गर्न बसेको तदर्थ समितिको बैठकले तोचिगी क्षेत्रीय समितिको अधिबेशनमा उम्मेद्वारी दिने उम्मेद्वारका लागी पद अनुसार उम्मेद्वारी शुल्क पनि निर्धारण गरेको छ । बैठकले गरेको निर्णय अनुसार संयोजक पदको उम्मेद्वारका लागि पचास हजार येन शुल्क तोकिएको छ भने उप–संयोजकका लागी चालिस हजार येन, सचिवका लागि तीस हजार, सह–सचिवको लागी बीस हजार, कोषाध्यक्षको लागी तीस हजार येन र सहकोषाध्यक्षका लागी बीस हजार येन शुल्क तोकिएको छ । सदस्य पदका लागी भने दश हजार येन उम्मेद्वारी शुल्क निर्धारण गरिएको छ ।

तदर्थ समितिका संयोजक मंदिप क्षेत्रीले दिएको जानकारी अनुसार अधिबेशन तोचिगीसी स्थित रेल स्टेशन नजिकै रहेको सन् प्लाजा कर्पोरेशनको सभाहलमा हुने भएको छ । अधिबेशन दिनको ठिक १ बजेबाट सुरु हुने पनि संयोजक क्षेत्रीले जानकारी गराएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS