सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चर्चित संगितकार चेतन सापकोटा के गर्दैछन जापानमा ?

आफ्नो पालामा चलचित्र र आधुनिक गित संगितमा एकछत्र राज गरेका बरिष्ठ संगितकार तथा गायककार चेतन सापकोटा यतिबेला जापानमा छन । उसो त अहिले पनि संगितकार तथा गायक सापकोटा नेपाली गितसंगितको लाइमलाइटमै छन ।

सापकोटाले संगित भरेका थुप्रै चलचित्रले बक्स अफिसमा कब्जा जमाएका छन भने उनकै संगितमा गित गाएर रातारात स्टार बनेका थुप्रै गायक गायिका अहिले पनि नेपाली गित संगितको बजारमा चर्चाकै शिखरमा छन ।

संगित सिर्जना गर्ने काम संगै सापकोटा पछिल्लो समय आफै गायक समेत भएका छन । संगितको सिर्जनाले आत्मसन्तुष्टि दिएपनि श्रोता तथा दर्शकबाट ओझेलमा परिने भएपछी आफु गायनतर्फ आकर्षित भएको उनले अनौपचारीक कुराकानीका क्रममा बताउने गरेका छन ।

मखमली चोलीमा, ठुङ्दे ठुङ्दे आदी उनले पछिल्लो समय गाएका गित हुन । यसअघि उनले चलचित्र र आधुनिक गरी दर्जनौँ गित गाईसकेका छन । कुनमा, कति ओटामा संगित गरेँ भन्ने त उनी आफैलाई पनि लेखाजोखा छैन । ‘फिल्म निर्माता’ उनको पछाडी जोडिएको अर्को परिचय हो ।

उनै चर्चित संगितकार तथा गितकार चेतन सापकोटाको गित संगित पारखीलाई ध्यानमा राखी जापानको टोक्योमा ‘चेतन सापकोटा एकल साँझ’को आयोजना गरिएको छ । यही जनवरी १३ तारिख शनिबारका दिन जापानको सिनोओकुवोमा रहेको सोलमारी मुरा हलमा चेतन सापकोटाका गित संगित सुन्न सकिनेछ ।

यो चाँजोपाँजो प्रवासी नेपाली मञ्च जापान र नेपाली प्रगतिशिल मञ्च जापानले मिलाएका हुन । यसअघि सापकोटाले जापानको ओशाका र नागोयाका छुट्टाछुट्टै कार्यक्रममा आफ्ना प्रशंसकलाई मनोरञ्जन प्रदान गरिसकेका छन ।

सबैलाई समान र सामान्य व्यवहार गर्ने सापकोटाले जापानमा छोटो समयमा सबै नेपालीको मन जित्न सफल भएका छन । जापान र नेपालको गित संगितलाई कसरी फ्युजन गर्न सकिन्छ भन्ने बारेमा अध्ययन गर्न जापान आएका सापकोटाले जनवरी १३ तारिखमा सबैलाई आफ्नो एकल साँझमा उपस्थित भईदिन अपिल समेत गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्