सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा राजु कँडेललाई ‘घरको याद’ आएपछी

संगितकारका रुपमा आफुलाई स्थापित गराएका चेतन सापकोटा पछिल्लो समय गायकका रुपमा पनि स्थापित बन्दै गएका छन । पछिल्लो समय उनले परदेशीहरुको पिडालाई समेटेर ‘घरको याद’ बोलको गित बजारमा ल्याएका छन ।

उसो त यसअघि पनि उनले थुप्रै चर्चित गितहरु गाईसकेका छन । संगित जस्तै गायकीमा पनि सापकोटा अब्बल साबित भएका छन । स्वर, शब्द र संगित आफैले गरेको गित ‘घरको याद आयो’लाई निर्देशन पनि उनी आफैले गरेका हुन ।

जापान र नेपालमा छायांकन गरिएको भिडियोमा दोचाराम सापकोटा, रोमा कँडेल र जापानको ओशाकामा बस्दै आएका राजु कँडेलले अभिनय गरेका छन । गित संगितमा गहिरो लगाव राख्ने राजु कँडेलले गितमा परदेशीको भुमिका निभाएका छन ।

जापानको योकोहामास्थित समुद्री किनार र टोक्यो आसपासका क्षेत्रका साथै नेपालका बिभिन्न ग्रामिण दुष्यहरु कैद गरिएको भिडियोलाई बिशाल भट्टले छायांकन गरेका हुन ।

परदेशमा घर परिवार, साथीभाई, गाउँघर र मायाँलुको सम्झनालाई शब्दमार्फत जस्ताको तस्तै प्रस्तुत गरिएको गितको म्युजिक भिडियो उइस्टार नेपाल युट्युव च्यानलमार्फत सार्बजनिक गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्