सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बरिष्ठ संगीतकार अम्बर गुरुङको निधन

नेपाली संगीतका ‘महागुरू’ दिवंगत अम्बर गुरुङको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गुरुङको हिन्दु र वौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले गुरुङको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाइ सम्मान प्रकट गर्नुभएको छ । स्वर्गीय गुरुङको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सलामी अर्पण गरेको छ ।

Ambar Gurung National respect by Bhin Rawal

नेपालको राष्ट्रिय गितमा समेत संगीत दिएका वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा निधन भएको छ । ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले वरिष्ठ संगीतकार गुरुङको विहान २ बजेर ३७ मिनेटमा निधन भएको पुष्टी गरेको हो ।

गत महिना मात्रै भारतको मेदान्त अस्पतालमा उपचार गरेर फर्किएका उनी ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछी अस्पताल भर्ना भएका थिए । उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तश्राव(युजीआइ ब्लिडिङ), पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । खानेकुरा सर्किएर खानाको नलीमा पुग्दा उनको श्वास प्रश्वासमा समस्या सुरु भएको जनाइएको छ ।  पछिल्लो समयमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज विहान उनको निधन भएको हो ।

दार्जिलिङमा जन्मिएका गुरुङले ७८ वर्ष लामो जिन्दगीको अधिकांश समय नेपालमा बिताए । विसं १९९४ फागुन १४ गते दार्जिलिङको लालढिकीमा उनको जन्म भएको थिए । उनका हजुरबुवा भारतीय सेनाको जागिरेका रूपमा भारत छिरेका थिए । उनका बुवा उजिरसिंह गुरुङले पनि भारतीय सेनामै जागिर खाएका थिए । उनको पुख्र्यौली थलो भने गोरखा जिल्लाको रिसिङ हो ।

Ambar Gurung2

गुरुङले १९६१ मा नौलाख तारा नामक गीत रेकर्ड गराएका थिए ।  नौलाख तारा उदाए’ कालजयी भए पनि उनको आकाश खुलेर हाँस्न पाएन, अभावमा रोइरह्यो । उनको गीतको यो अन्तराले भनेझैंस्

‘नियाली हेर हामीलाई भिजेको छैन परेला
आँसुले गह भिजाए अरूले निर्धा सम्झेला’

‘नौ लाख तारा उदाए’ एउटा गीत मात्रै रहेन, उनको जीवनको एउटा महत्वपूर्ण घुम्ती बन्यो । मानौं, उनको जीवनको बाँकी बाटो यही गीतले देखाइरह्यो, यही गीतले उनलाई लखेटिरह्यो । चलिरहेको जीवन भत्काइदियो र नयाँ जीवनतर्फ धकेल्यो ।

चर्चित गीत नौलाख तारालाई भारत सरकारले भने प्रतिबन्ध लगायो । त्यसको खास कारण थाहा छैन। राष्ट्रियताविरोधी गीत हो भनेर आरोप लागेको सुनियो । तर, त्यो गीतमा नेपालीपनको अभिव्यक्तिबाहेक भारतीय राष्ट्रियताविरोधी शब्द वा भाव केही छैन । सरकारी रूपमा प्रतिबन्ध लागे पनि जनजनको मनमा बसेको अमिट छाप त मेटिनेवाला थिएन। आखिर प्रतिबन्धकै बीच पनि यो गीतले लोकप्रियताको शिखर चुम्यो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्