सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ओली सरकारद्धारा भारतीयको नागरिकता खारेज

ओली सरकारले झुटो विवरण पेस गरेका दुई जना भारतीयको नेपाली नागरिकता खारेज गरिदिएको छ । विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले झुटो विवरण पेस गरी लिएका दुई भारतीय नागरिकको नेपाली नागरिकता खारेज गर्ने निर्णय गरेको हो ।

भारतीय नागरिक आशिष चटर्जीले बाँके र मोहन पाण्डेले पर्सा जिल्ला प्रशासन कार्यालयबाट झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएका थिए । ऐन बमोजिम दुबै नागरिकता रद्द गरी नेपाली नागरिकताबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले बताउनुभएको छ ।

सरकारले त्यसरी झुटा कागजपत्रका आधारमा नागरिकता प्रदान गर्ने अधिकारीलाई छानबिन गरी तत्काल कारबाही गर्ने निर्णय समेत गरेको छ । यो भन्दा पहिले पनि ओली सरकारले पाँच जना भारतीयको नेपाली नागरिकता खारेज गरेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्