सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अब नक्कली प्रहरीको छानबिन हुने

यसअघि नक्कली प्रमाणपत्रधारी पाईलट र डाक्टरको उठीबास लगाएको प्रहरीले अब आफ्नै संगठन भित्रका नक्कली प्रमाणपत्रधारीहरुको जरो उखेल्ने भएको छ । प्रहरी संगठनभित्र पनि नक्कली शैक्षिक प्रमाणपत्रधारीको संख्या ठूलो रहेको स्वीकार गर्दै प्रहरी महानरीक्षक उपेन्द्रकान्त अर्यालले फोहोर बढार्ने काम प्रहरी संगठन भित्र पनि सुरु गरिने बताउनु भएको छ ।

यदि महानरीक्षक अर्यालले भने अनुसार नक्कली प्रमाणपत्रको छानबिन हुने हो भने नेपाल प्रहरीमा ठुलो संख्यामा भागाभाग हुने अनुमान गरिएको छ । माथील्लो तह भन्दा पनि तल्लो तहमा नक्कली प्रमाण पत्र पेश गरी जागीर खानेको संख्या धेरै रहेको प्रहरी अधिकारीहरुले नै बताएका छन् ।

पछिल्लो समय नक्कली प्रमाणपत्र भएका प्रहरी पक्राउ पर्ने क्रम बढेको भन्दै प्रहरी प्रमुख अर्यालले नक्कली प्रमाणपत्रधारी प्रहरीको नेपाल प्रहरीले नै आन्तरिक छानविन सुरु गरेको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अर्यालले प्रहरी संगठनको छवीलाई उच्च बनाउन आफू लागि परेको दावी गर्नुभएको छ ।

सञ्चारकर्मीसँगको कुराकानीमा अर्यालले भन्नुभयो–‘अन्यमा जस्तै प्रहरीमा पनि नक्कली प्रमाणपत्रधारीहरु छने, ‘अब संगठनलाई उच्च मर्यादायुक्त बनाउन प्रहरीले नै प्रयास गर्नेछ ।’ उहाँले नक्कली प्रमाणपत्रका आधारमा प्रहरीमा जागीर खानेहरु विरुद्ध कारवाहीे प्रक्रिया सुरु गरिएको बताउनुभयो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्